नेकपा महासचिव पौडेलको बालुवाटारस्थित आठ आना जग्गा रोक्का

काठमाडौं, वैशाख १५ : नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलले किनेको प्रधानमन्त्री निवास बालुवाटार परिसरको आठ आना जग्गा सरकारले रोक्का गरेको छ।

पूर्व सचिव शारदा त्रितालको नेतृत्वमा गठित आयोगको सिफारिसका आधारमा  मन्त्रिपरिषदको निर्णय कार्यान्वयनका लागि उक्त जग्गा रोक्का राखिएको भूमिसुधारमन्त्री  पद्मा अर्यालले पुष्टी गरेकी छन्। आयोगले प्रधानमन्त्री निवास बालुवाटार परिसरको जग्गा सरकारी भएको बताएको छ। 

‘जति कित्ता रोकिएको छ त्यो कित्ता भित्र विष्णु पौडेलको छोरा नविन पौडेलको जग्गा पर्छ,’ उनले भनिन्,’अहिले त सप्पै र (प्रधानमन्त्री निवास परिसर) रोक्दिएको छ।’

यद्यपी प्रधानमन्त्री निवास परिसर (ललिता निवासको)मा रहेको पौडेलका छोरा नवीनको नामको जग्गा वैधानिक भएको भन्दै बचाउ पनि गरेकी छन्।

‘मोही कायम भएर पुर्जा बनेर छैटौं मान्छेको रूपमा पौडेलले जग्गा प्राप्त गर्नुभएको देखिन्छ,’ उनले भनिन्, ‘मोहीको जग्गा किनेकोले वैधानिक छ। मोही कायम भएको जग्गामा सम्भवत अब प्रश्न उठ्दैन।’

मालपोत कार्यालयको अभिलेखले भने उनको भनाई खण्डन गर्छ।

अहिलेपौडेलको नाममा भएको कित्ता मोही भनिएकी माया प्रजापतिको नाममा देखिन्छ। उनी साँच्चै मोही नै हुन कि त्रिताल आयोगले भूमाफिया भनेका शोभा कान्त ढकाल र रामकुमार सुवेदीले खडा गरेका नक्कली मोही हुन् भन्ने यकिन छैन।

मोही प्रजापतिले उमा कुमारी ढकाल र माधवी सुवेदीका नाममा पास गरेको देखिन्छ। उमा शोभाकान्त ढकाल र माधवी राम सुवेदीकी पत्नि हुन्।

मोहीबाट उनीहरूको नाममा आएको जग्गा २०६१ सालमा पौडेलको नामा सरेको छ। उक्त कित्ताको ८ आना जग्गा ढकाल र सुवेदी बाट पौडेलले जम्मा ४ लाखमा किनेको डिल्लीबजार मालपोत कार्यालयको अभिलेखमा देखिन्छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक