April 12, 2019

त्रिभुवन विश्वविद्यालयद्वारा स्ववियु चुनाव जेष्ठकाे दाेस्राे हप्ता गर्न प्रस्ताव

२९ चैत्र काठमाडौँ । चैत्र १४ गते हुने भनिएको स्ववियु चुनाव हुन नसकेपछी जेष्ठ दोस्रो हप्तामा हुने प्रस्ताव गरिएको छ । त्रिभुवन विश्वविद्यालयले आउँदो जेष्ठको दोस्रो हप्तामा चुनावको नयाँ मिति प्रस्ताव गरेका हुन् ।

हिजो विद्यार्थी संगठनहरु र केन्द्रीय स्ववियु निर्वाचन समन्वय समितिले संयुक्त रुपमा छलफल गरेका थिए । छलफलमा समिति अध्यक्ष एवम् त्रिभुवन विश्वविद्यालयकी रेक्टर प्रा.डा. सुधा त्रिपाठीले परीक्षा लगायतका कार्यक्रम नभएकाले जेष्ठको दोस्रो हप्ता स्ववियु निर्वाचन गर्न उत्तम हुने बताएकी थिइन् ।

बैठकमा उपस्थित भएको अनेरास्ववियू (क्रान्तिकारी) का कार्यवाहक अध्यक्ष सुरेन्द्र बस्नेतले भने, ‘केन्द्रीय स्ववियु निर्वाचन समन्वय समितिका पदाधिकारीले छिट्टै ठोस मिति तोक्ने भन्नु भएको छ । बैठकमा सहभागी सबै विद्यार्थी नेताहरु पनि स्ववियु चुनाव गर्न सकारात्मक छन् ।’

उक्त बैठकमा नेविसंघका प्रतिनिधि अनुपस्थित भएकाले ठोस मिति तय भने हुन सकेन । नेकपा सम्बद्ध अनेरास्ववियु र अनेरास्ववियू अखिल (क्रान्तिकारी) तथा मोहन वैद्य र नेत्रविक्रम चन्द ‘विप्लव’ निकट अखिल क्रान्तिकारीका नेताहरुले भने बैठकमा उपस्थिती जनाएका थिए ।

साथै बैठकमा संघीय समाजवादी फोरम निकट समाजवादी विद्यार्थी फोरम, राप्रपा निकट राप्रविसं, नयाँ शक्ति पार्टी निकट नयाँ शक्ति विद्यार्थी युनियन, राजपा निकट विद्यार्थी संगठन, नेमकिपा निकट नेपाल क्रान्तिकारी विद्यार्थी संघ, राप्रपा संयुक्त निकट राप्रविसं (संयुक्त), आदिवासी जनजाति विद्यार्थी महासंघ र नेपाल प्रगतिशिल विद्यार्थी युनियनका प्रतिनिधीले पनि उपस्थिती जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक