
मन्त्री बाँस्कोटाले नेपालका शैक्षिक संस्थाले अहिलेसम्म पनि युवा वर्गलाई खाडी मुलुक पठाउने शिक्षा दिएको गुनासो गर्दै ज्ञानभूमिको मन्दिरमा निजीकरणका नाममा व्यापार गर्न नमिल्ने बताउनुभयो । “नेपालमा नर्सरीमा भर्ना गर्दा रु पाँच लाखसम्म लिएको उदाहरण पाइयो, यसलाई शैक्षिक व्यापार नभनेर के भन्ने ?” उहाँको प्रश्न थियो । शैक्षिक व्यापार बन्द भयो भने मात्रै निजी क्षेत्रसँग मिलेर मुलुकको अशिक्षा समाप्त पार्न सकिने मन्त्री बाँस्कोटाको भनाइ छ ।

उहाँले भर्ना अभियानका क्रममा तीन लाख बालबालिकालाई विद्यालय पठाउन सफल भएकामा खुशी व्यक्त गर्दै ग्रामीण भेगमा जाने निजी विद्यालयले स्थानीयस्तरमा आर्थिक विश्लेषण गरी अभिभावकको बहन क्षमता हेरेर मात्रै जान आग्रह गर्नुभयो ।
मन्त्री बाँस्कोटाले सरकारले निजी विद्यालयमा ताला नलगाउने बताउनुभयो । “शिक्षा आयोगको प्रतिवेदनका आधारमा सरकारले आजै निजी विद्यालय बन्द गर्न लाग्यो भन्ने भ्रममा नपर्नुहोला”, उहाँले थप्नुभयो, “निजी विद्यालयमा धेरै बेथिति छन् यसलाई सच्याएर अघि बढ्नुपर्छ ।” अभिभावक गरीब छन् भनेर निजी विद्यालयले सित्तैमा पढाउन नसक्ने उहाँको भनाइ थियो ।
मन्त्री बाँस्कोटाले सामुदायिक विद्यालयको गुणस्तर बढाउन योजनाबद्ध ढङ्गले लागेको बताउँदै भन्नुभयो, “निजी विद्यालयबाट बोर्ड फष्ट भएका विद्यार्थी आइएससीमा फेल पनि भएका छन्, त्यसैले घोकन्ते हैन, व्यावहारिक शिक्षा आजको आवश्यकता हो ।”
मन्त्री बाँस्कोटाले आजै पनौती नगरपालिकास्थित निर्माणाधीन क्षेत्रीय रङ्गशालामा आयोजना गरिएको पनौती कप फुटबल प्रतियोगिताको उद्घाटन गर्दै धेरै विषयमा विभाजन भएपनि खेलले सबै नेपालीलाई एकै स्थानमा जोडेको बताउनुभयो । उहाँले भन्नुभयो, “खेलले फाटेको मन जोड्छ, राष्ट्रिय पहिचान बनाउन ठूलो भूमिका खेल्छ ।”
कार्यक्रममा सङ्घीय सांसद गङ्गाबहादुर दोङ, प्रदेश सांसद चन्द्र लामा र पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेले फुटबल प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
मंसिर ५, काठमाडौं। राहदानी विभागले फ्रान्सेली कम्पनी ‘E Smart Identity France SAS (पूर्व आईडेमिया)’ सँग