रणबीर कपुरको जीवनमा आलिया भट्टको अध्याय पूरा भएकै हो त ?

प्रेमिका आलिया भट्टको दिदी साक्षी भट्टको विवाहमा बोलाउँदा पनि नगएका रणबीर कपुर अन्तत मुम्बाई प्रहरीको वार्षिक उत्सब ‘उमंग अवार्ड्स’ मा भने आलियासँगै पुगे । यो खबरले अहिले फिल्म इंडस्ट्री र मनोरञ्जन मिडिया निकै तात्तिएको छ ।

alia-bhattअहिले रणबीर कपुरका निकट सूत्रहरु भन्छन् आलियाको अध्याय अब रणबीरको जीवनमा पूरा भैसकेको छ ।

खबरहरुका अनुसार कपुर खान्दानको नजरमा आलिया छोरा रणबीरका लागि सबैभन्दा उत्कृष्ट छनौट हो तर यदि यी दुई भट्ट र कपुर खान्दानबीच नयाँ सम्बन्ध कायम गर्न अवरोध उत्पन्न हुन्छ भने त्यो रणबीरकै पक्षबाट हुने छ । रणबीरले उनको साथीहरुसँग फिल्मका हिराइनहरुसँग उनको सम्बन्ध फिल्मको कहानीको शूटिङ र डबिङमै समाप्त हुने बताएको सुन्नमा आएको पनि छ । दिपिका पादुकोण र कैटरीना कैफको मामिलाबाट रणबीरले यो कुरा व्यवहारमा प्रमाणित पनि गरिसकेका छन् ।

तर अब आलियाको मामिलामा भने रणबीरलाई बचेर निस्कन निकै गाह्रो पर्नेछ । वास्तवमा रणबीर आफैले यो सम्बन्धलाई लिएर महेश भट्टसँग भेटघाट गरिसकेका छन् । यहाँसम्म कि रणबीरले आफू यो सम्बन्धलाई लिएर गम्भिर रहेको पनि बताएका थिए ।

तर आलियाको दिदीको विवाहमा रणबीरको अनुपस्थितिलाई भट्ट परिवारले निकै गम्भिरतापूर्वक लिएका छन् ।

खबर आएको छ आलियाले रणबीरसँग आफ्नो सम्बन्धलाई लिएर नयाँ सिराबाट कुराकानी गरेको कारण नै रणबीर आलियासँग राती उमंग कार्यक्रममा जानका लागि तयार भएका थिए ।

कार्यक्रमको दौरान रणबीरको अनुहारको भावबाट यो कुरा स्पष्ट देखिन्थ्यो कि उनी त्यहाँ कति अव्यवस्थित ढंगबाट पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको