
काठमाडौँ, १० पुस । प्रदेश नं ३ को राजधानी तोक्ने कार्य ढिलाइ हुँदा जनप्रतिनिधि अन्योलमा देखिएका छन् ।
समयमै प्रदेशको राजधानी खोजी र घोषणा नभएका कारण चालू आवको बजेटलाई स्थानीय विकास तथा पूर्वाधार निर्माणका गतिविधि सञ्चालनमा कुन क्षेत्रलाई कसरी प्राथमिकता दिने विषयमा प्रदेश सांसद र स्थानीय प्रतिनिधिबीच स्पष्टताको समस्या देखिएको छ ।
दशैँलगत्तै अस्थायी मुकाम हेटौँडालाई परिवर्तन गरी यस प्रदेशअन्तर्गतका १३ जिल्लामध्ये सबैलाई सुविधा हुने गरी उपयुक्त स्थानमा राजधानीको टुङ्गो लगाउने सहमति र समझदारी जनप्रतिनिधिबीच भएको थियो । प्रदेश राजधानीका लागि सुगमता र हावापानीका दृष्टिकोणले काभ्रे, नुवाकोट, धादिङ र चितवनलाई उपयुक्त स्थानका रूपमा पाइएको थियो ।
प्रदेश मुख्यमन्त्री डोरमणि पौडेलले चालू आवका लागि नीति तथा कार्यक्रमका साथै बजेट सार्वजनिक भइसकेकाले ती कार्यक्रम र बजेट कार्यान्वयनका लागि तत्काल मुकाम परिवर्तन नगरिने प्रतिबद्धता व्यक्त गरे ।
प्रदेशसभा सदस्य वसन्त मानन्धरले काठमाडौँ उपत्यकाका साथै हेटौँडामा विगतमा यातायात, सञ्चार, औद्योगिक क्षेत्रको विकास भएका कारण वैज्ञानिक अध्ययन गरी राजधानी तोक्नुपर्नेमा जोड दिए । उनले राजधानी तोक्न तथा त्यसको नामाकरणमा भइरहेको ढिलाइले स्थानीय समस्या ओझेलमा पर्ने गरेकामा चिन्ता व्यक्त गरे ।
प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठले राजधानी घोषणा गरी नामाकरण छिटो छरितो भएमा त्यस स्थानको इतिहास, साँस्कृतिक पक्ष, परम्परासहित स्थानीय वस्तुको उत्पादन र बजारीकरणमा थप सहजता आउने बताए । रासस
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र
१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित
विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका