‘ठग्स अफ हिन्दोस्तान’को कारण आमिर खानकी ‘छोरी’को करियर बर्बाद

फिल्म ‘दंगल’ मा आमिर खानकी छोरीको भूमिकामा रहेर काफी तारिफ बटुलेकी थिइन् । तर हालै रिलिज भएको फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ ले भने आमिरकी दंगल छोरी फातिमा सना शेखको करियरलाई गति दिने देखिएको छैन ।

bollyhood-3

फिल्मले जस्तै उनले पनि कुनै पनि कमाल देखाउन असफल रहिन् । दंगलमा फातिमासँगै देखा परेकी सान्या मल्होत्रा र जायरा वसीम अब उनी अघि आइसकेका छन् ।

ठग्स अफ हिन्दोस्तानको भाग्य बक्स अफिसमा निश्चित भएपछि कसको कति नोक्सानी भएको छ भने तय भैसकेको छ । आमिर खान र अमिताभ बच्चनलाई यस फिल्मले अवश्य पनि झट्का दिएको छ तर यसले उनीहरुको करियरमा कुनै पनि असर पुर्याउने छैन । ग्लैमरस अभिनेत्री कैटरीनाको फैन फलोविङ पनि सामान्य अवस्थामा नै छ ।

जनकारहरुका अनुसार फिल्मको शक्तिशाली झट्का फातिमा सना शेखलाई लागेको छ । उनी फिल्ममा जफीरा बेगको भूमिकामा देखा परेकी छिन् ।

२०१६ मा रिलिज भएको फिल्म दंगलले फातिमालाई रातारात स्टार बनाइदिएको थियो तर ठग्स अफ हिन्दोस्तानले उनको करियरलाई ठूलो धक्का दिएको थियो ।

बलिउडमा सफलता स्थायी हुँदैन र नयाँ शुक्रबार फिल्म कलाकारको ग्राफ तय गर्छ ।

ठग्सको विफलताले निर्माता निर्देशकका बीच फातिमाको ग्राफलाई तल गिराई दिएको छ ।

जानकारहरुको विचारमा यस फिल्मले फातिमाको लागि अबको मार्ग निकै कठिन बनाइदिएको छ । यस फिल्मका लागि आमिरले उनको नाम अघि बढाएका थिए । फातिमालाई अब पछिका दिनमा आमिर वा यशराज बेनरका मालिक आदित्य चोपडाबाट कुनै सहारा दिए भने मात्र उनी समस्याबाट बाहिर आउनसक्ने छिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको