बलिउड विवाहः मेहेन्दी कार्यक्रममा रोएपछि रणवीरले यसरी सम्हाले दिपिकालाई

बलिउडका पावरफुल कपल मानिने अभिनेता रणवीर सिंह र अभिनेत्री दिपिका पादुकोणको विवाह आज इटलीमा हुँदैछ । इटलीको कोमो तलाउस्थित रिसोर्टमा विवाह अघिका सबै परम्परागत कर्महरु सुरु भैसकेका छन् । १३ नोभेम्बरमा दिपिकाको मेहेन्दी कार्यक्रम सम्पन्न भयो ।

bollyhood

विवाहको कपडामा एक एक कर्म दिपिकाको लागि निकै भावविवह्ल क्षण बन्यो । स्रोतहरुका अनुसार कतिपय अवस्थामा दिपिका रोएको पनि देखिएको थियो । संगीत र मेहेन्दीको दिन यस्तै भएको थियो । जब दिपिकाको हातमा रणवीरको नामको मेहेन्दी लागिरहेको थियो त्यस समय पनि उनले आफुलाई रुनबाट रोक्न सकेकी थिइनन् ।

दिपिकाको मेहेन्दी कार्यक्रममा गायिका शुभा मुग्दलले ठुमरी गाउँदा उनी निकै रोएकी थिइन् । उनको आँशु रोकिएको थिएन ।

दिपिका त्यसरी रोएपछि उनको भावनालाई बुझेर रणवीर नजिक आएर उनलाई आंगालो हालेका थिए । रणवीरले सधै आफु दिपिकासँगै रहने भन्दै उनलाई सम्झाएका थिए । रणवीरले त्यस्तो आश्वासन दिएपछि दिपिकाको अनुहारमा सानो मुस्कान आएको थियो ।

दिपिका र रणवीर १५ नोभेम्बरको दिन साधारण परम्पराले विवाह गर्दैछन् भने आज कोंकणी परम्परा अन्तर्गत विवाह गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको