जिल्लामा सञ्चालित अटो तथा टेम्पोको भाडादर निर्धारण गरिएको छ । लामो समयको अन्योलपछि जिल्लामा सञ्चालनमा रहेका अटो तथा टेम्पोको भाडादर निर्धारण गरिएको जिल्ला ट्राफिक कार्यालयका प्रहरी प्रमुख मदन कुँवरले जानकारी दिनुभयो । टेम्पो तथा अटोले मनोमानी रुपमा चर्को भाडा असुलेको व्यापक जनगुनासो आएपछि दोस्रो पटक मङ्गलबार बसेको यातायात व्यवस्था समितिको बैठकले दाङका घोराही, लमही, नारायणपुर, तुलसीपुर र भालुबाङ क्षेत्रमा सञ्चालित त्यस्ता सवारीको भाडादर निर्धारण गरेको हो ।यातायात व्यवस्था समितिका संयोजक प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठको अध्यक्षतामा बसेको सर्वपक्षीय सरोकारवालाको बैठकले भाडादरमा जिल्लाका विभिन्न स्थानमा डेढ किलोमिटरसम्म प्रतिव्यक्ति रु २५ तथा नगर क्षेत्र बाहिर सोही आधारमा मूल्य निर्धारण गरिएको र सो भाडा आजदेखि लागू हुने निर्णय गरेको छ । सो निर्णय कार्यान्वयन नगर्नेलाई कारवाही गर्ने टाफ्रिक प्रहरी कार्यालयका प्रमुख कुँवरले जानकारी दिनुभयो ।
प्राविधिक शिक्षालय स्थापनाका लागि महायज्ञबङ्गलाचुली गाउँपालिका– ५ सुधा मावि झेलनेटामा आजदेखि श्रीमद्भागवत् ज्ञानमहायज्ञ शुरु गरिएको छ । सुधा मावि झेलनेटामा प्राविधिक शिक्षालय स्थापन गर्न महायज्ञ शुरु गरिएको हो । महायज्ञको मङ्गलबार प्रदेश नं –५ का भूमि व्यवस्था एवं कृषि सहकारीमन्त्री आरती पौडेलले उद्घाटन गदै प्राविधिक शिक्षा अहिलेको युगको आवश्यकता भएकाले बङ्गलाचुली गाउँपालिकामा प्राविधिक शिक्षालय स्थापना गर्न सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।बङ्गलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर ओलीले गाउँपालिकाको विकासको एउटा महत्वपूर्ण आधार प्राविधिक शिक्षालय पनि रहेको भन्दै त्यसको स्थापनका लागि सबैले आ–आफ्नो तर्फ बाट सहयोग गर्न अपिल गर्नुभयो । महायज्ञका प्रमुख कथावाचक बालयोगेश्वर महाराजले झेलनेटामा प्राविधिक शिक्षालय स्थापना गर्न सम्पूर्ण दानवीरलाई सहयोग गर्न अपिल गर्नुभयो ।(रासस)
जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार
वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने
वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको
काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना