डकैती र चोरीमा संलग्न ‘मोष्ट वान्टेड’ कट्टु डाँका पक्राउ

 काठमाडौं प्रहरीले ‘मोष्ट वान्टेड’ डाँका कट्टु भनिने मनिष मानन्धरलाई पक्राउ गरेको छ । उनलाई काठमाडौंको सोल्टीमोडबाट पक्राउ गरिएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त लामाका अनुसार मनिष ०६५ सालमा कालिमाटी क्षेत्रमा भएको डकौतीको घटनामा संलग्न थिए । 

त्यतिबेला उनले धारिलो हतियार देखाएर सुन लुटपाट गरेका थिए । त्यसयता उनी फरार रहेका थिए । लामाका अनुसार मनिष यसअघि ९ पटक गरी ७ वर्ष जेल बसेर छुटेका व्यक्ति हुन् । यसअघि उनको साथबाट दुई वटा चाइनिज पेस्तोल, एउटा रिभल्वरलगायत बरामद भएको लामाले बताए । पक्राउ परेका मनिषलाई मंगलबार  नै काठमाडौं जिल्ला अदालतमा पेश गरिन लागेको एसएसपी लामाले बताए ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने