चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकले तिर्ने शुल्कमा वृद्धि

सरकारले राजपत्रमा प्रकाशित गरी निकुञ्ज प्रवेश शुल्क बढाएको छ । चितवन राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकले तिर्ने शुल्कमा वृद्धि भएसँगै यहाँको राजश्व बढ्ने भएको छ । 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार निकुञ्ज प्रवेश गर्दा नेपालीले मूल्य अभिवृद्धि कर (भ्याट) सहित रु १५०, सार्क देशकाले रु एक हजार र विदेशीले रु दुई हजार तिर्नुपर्ने भएको छ । 

यसअघि निकुञ्ज प्रवेश गर्दा नेपालीले रु ११३, सार्कले रु ८४७.५० र विदेशीले रु एक हजार ६९५ तिर्नुपर्ने हुन्थ्यो । त्यसैगरी व्यावसायिक जङ्गल यात्रामा कारले रु तीन हजार र जिपले रु पाँच हजार तिर्नुपर्ने छ । यसअघि जङ्गल यात्रामा सबै सवारीले रु चार हजार ५२० तिर्नुपर्ने हुन्थ्यो । 

यसैगरी हात्ती यात्रामा व्यक्तिको मात्रै नेपालीलाई रु ५००, सार्कलाई रु एक हजार ५०० र विदेशीलाई रु दुई हजार ५०० निर्धारण भएको ढकालले बताउनुभयो । यसअघि हात्ती यात्रामा बच्चाका लागि ५० प्रतिशत छुट भए पनि अहिले छुट दिइएको छैन । 

हात्ती चढ्दा पर्यटकले निकुञ्ज प्रवेश शुल्क र हात्ती शुल्क तिर्नुपर्ने हुन्छ । हाल हात्तीमा घुम्ने नेपालीले रु एक हजार १००, सार्क मुलुककाले एक हजार ६०० र विदेशी दुई हजार १०० हात्तीका लागि तिर्नुपर्ने हुन्छ । 

त्यसैगरी जिप सफारीका लागि पर्यटकले प्रवेश शुल्कबाहेक जिपका लागि रु एक हजार २५० व्यवसायीलाई बुझाउनुपर्ने हुन्छ । सरकारले राजपत्रमा नयाँ शुल्क प्रकाशन गरेसँगै असोज २९ गतेबाट लागू गरिएको ढकालले बताउनुभयो । 

होटल व्यवसायीले शुल्क वृद्धिको पूर्व जानकारी नहुँदा मर्कामा परेको जनाएका छन् । ढकालले भने पूर्व जानकारी भएमा घटाउन लबिङ हुने हुँदा एकै पटक शुल्क सार्वजनिक गर्ने गरिएको बताउनुभयो । 

चितवन राष्ट्रिय निकुञ्जले गत आर्थिक वर्षमा प्रवेश शुल्कवापत रु १६ करोड ७८ लाख ५४ हजार ६५० र सवारी शुल्कवापत रु तीन करोड २५ लाख ६० हजार राजश्व सङ्कलन गरेको थियो । निकुञ्जले कूल राजश्व रु २४ करोड ८१ लाख ९९ हजार ९९८ सङ्कलन गरेको थियो । गत वर्ष एक लाख ५२ हजार ६७१ पर्यटक निकुञ्ज प्रवेश गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष