कञ्चनपुर घटना : पत्रकारमाथि नै कुटपिट , क्यामेरा तोडफोड

कञ्चनपुरक १३ बर्षिया निर्मला पन्तका हत्यारा सार्वजनिकको माग राख्दै नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघले मंगलबार आब्हान गरेको बन्दका क्रममा पत्रकारमाथी नै कुटपिट भएको छ।

nirmala-bahini

सरकारी वकिल कार्यालय कञ्चनपुरमा तोडफोड गर्न पुगेका नेविसंघका नेता कार्यकर्ताले पत्रकार चन्द्रकान्त जोशीमाथी कुटपिट गर्नुका साथै क्यामेरा तोडिदिएका छन्।

एसटिएस एव सगरमाथा टेलिभिजन कञ्चनपुरमा समाचारदाता जोशीमाथी किन फोटो खिचेको भन्दै कुटपिट गरेका हुन् । नेवि संघले बन्दको अवाज्ञा गरेको भन्दै कञ्चनपुरका तीन सरकारी कार्यालयमा तोडफोड गरेको प्रहरीले जनाएको  छ।

कञ्चनपुर प्रहरीका अनुसार जिल्ला समन्वय समिति, जिल्ला प्राविधिक र सरकारी वकिल कार्यालयमा तोडफोड गर्नुका साथै कुर्सी, टेबुल तोडफोड गरेका हुन् । नेविसंघका बन्दकर्ताले बन्दको अवाज्ञा गरेको भन्दै एक्कासी कार्यालय भित्र आएर तोडफोड गरेको कर्मचारीले बताएका छन्।

सरकारी वकिल कार्यालयका नासु कृष्ण भट्ट, कम्प्युटर डाटा अपरेटर मञ्जु भट्ट र कार्यालय सहयोगी धनबिर भाटमाथी कुटपिट गरेको हो। बन्दकर्ताले कार्यालय भित्र तोडफोड र नासु भट्टमाथी कुटपिट गर्दा प्रतिकारमा उत्रेका कास भाटको सर्टको बटम च्यातिदिएका थिए । कार्यालयको बा २ झ २७१५ नम्बरको जिपमा तोडफोड गरिदिएका छन् । तोडफोडबाट जिपको सिसा फुटेको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने