ओली र दाहालले अझै नसुने केन्द्रीय भेला बोलाउने नेपाल पक्षको चेतावनी

विधि र पद्दतिअनुसार पार्टी नचलेको भन्दै नवगठित नेपाल कम्युनिस्ट पार्टीभित्र विवाद चुलिएको छ ।1269189890819892728169661564MaDhav-Nepal---12khari-(1)..माधव नेपाल अफ्रिकी मुलुक घाना गएकाबेला सचिवालयको बैठकले प्रदेश प्रमुख र इन्चार्ज तोकेपछि पार्टी भित्र ‘पोजिसन’ खोजिरहेको माधव नेपाल समूह रुष्ट बनेको छ । नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीले यसअघि सचिवालयको बैठकले तय गरेको र आफैँले बनाएको विधि कुल्चिएर आफूनिकटका स्थायी कमिटी सदस्यलाई इन्चार्ज तोकिएको भन्दै रोष प्रकट गरेको हो ।

केन्द्रीय कमिटी सदस्य जगन्नाथ खतिवडाले केन्द्रीय कमिटी एकता हुँदा जुन मापदण्ड तय गरिएको थियो प्रदेश र जिल्लाको हकमा पनि त्यही मापदण्ड लागु हुनुपर्ने बताउँछन् ।

बाह्रखरीसँगको सङ्क्षिप्त कुराकानीमा उनले भने, “हामीले सामान्य कुरा उठाएका हौँ । केन्द्रमा एकता हुँदा एमाले र माओवादी केन्द्रका केन्द्रीय सदस्यको हैसियत तलमाथि पारिएन । त्यही विधि, पद्दतिअनुसार प्रदेश र जिल्ला तहका कमिटी एकता गरौँ ।”

उनले मापदण्ड विपरित गण्डकी प्रदेश र पाँच नम्बर प्रदेशको इन्चार्ज तोकिएको बताउँदै भने, “आफू निकटमा नेतालाई जिम्मेवारी दिन पार्टीको विधि, पद्दति कुल्चने कुरा त आउँदैन नि !”

अझै नसुने केन्द्रीय भेला डाक्छौँ !

संयुक्त राष्ट्रसङ्को ७३ महासभाका लागि अमेरिका पुगेका पार्टी अध्यक्ष केपी शर्मा ओली अहिले कोष्टारिका छन् । उनी बुधबार गते नेपाल फर्कंदै छन् । त्यस्तै पत्नीको उपचार फलोअपका लागि सिंगापुर पुगेका अर्का पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार नेपाल आउने कार्यक्रम छ ।

तर, दुवै अध्यक्ष नेपाल आएपछि पनि सुनुवाइ नभए केन्द्रीय भेला बोलाउने निष्कर्षमा पुगेका छन्– नेपालनिकट केन्द्रीय नेताहरू ।

दाङ जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य एवम् केन्द्रीय सदस्य मेटमणि चौधरी भन्छन्, “उहाँ (केपी ओली)को ‘रेस्पोन्समा भर पर्छ । उहाँले असन्तुष्टि, गुनासाको सम्बोधन गर्नुभयो, पार्टी विधि र पद्दतिअनुसार चल्यो, सोहीअनुसार कार्यविभाजन भयो भने हामी चुप लाग्छौँ नत्र यो अभियानकै रूपमा अघि बढ्छ ।”

पार्टीभित्र मनोमालिन्यता, स्वेच्छाचारिता बढ्दै गएकाले पनि यस्तो अभियान आवश्यक भएको उनको तर्क छ । 

त्यस्तै तर्क छ– जगन्नाथ खतिवडाको पनि ।

“यो कुनै अमुक नेताको पक्ष, पार्टी अध्यक्षविरुद्धको अभियान होइन, यो पार्टीभित्र विधि, पद्दति बसाल्ने कुराको थालनी हो,” उनी भन्छन् ।

उनले भने, “हामीले हिजो बसालेकै थिति, विधिअनुसार पार्टी चलाउने हो भने एकताले उत्साह जगाउँछ । कसैलाई पनि अन्याय महसुस हुँदैन ।” अहिलेको असन्तुष्टि कुनै समूहप्रतिको आक्रोश र नेतृत्वप्रति परिलक्षित नरहेको स्पष्ट पार्दै दोहोरो मापदण्डको मात्रै विरोध गरेको उनले बताए ।

“पार्टीभित्र अवसरवाद, अराजकता मौलाउँदै गयो । समाजमा भ्रष्टाचार व्याप्त छ । पार्टीभित्र नैतिकता र इमान्दारिताको प्रश्न खडा भएको छ । यसको अन्त्य गर्दैै पार्टीलाई एकढिक्का बनाउनु र एकीकरणलाई सार्थक तुल्याउनु अभियानको उद्देश्य हो,” उनी प्रष्ट पार्छन् ।

व्यक्ति होइन विधि रोजौँ

त्यस्तै उनले व्यक्तिभन्दा विधिलाई नेतृत्व बाँडफाँटको आधार बनाइनुपर्ने तर्क गर्दै मान्छेको अनुहार हेर्दै जाँदा पार्टी–प्रणाली भत्कन थालेको भन्दै चिन्ता व्यक्त गरे । अहिले नेतृत्वविरुद्ध घेराबन्दी र अमुक गुटलाई बलियो बनाउन विधिको कुरा नउठाएको स्पष्ट पार्दै पार्टी एकतालाई सम्मानजनक, हार्दिकतापूर्ण र कार्यकर्ताको मनले स्वीकार्न सक्ने बनाउन पनि यस्तो अभियान आवश्यक परेको उनको जिकिर थियो ।aa

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक