September 8, 2018

हेलिकप्टर दुर्घटनामा पाइलट सहित ५ जनाको मृत्यु, एक जना जिवितै

 

भाद्र २३, काठमाडाैं । गोरखाबाट काठमाडौका लागि उडेको अल्टिच्युट एयरलाइन्सको हेलिकप्टर दुर्घटनामा परि पाइलट सहित ५ जनाको मृत्यु भएको पुष्टि भएको छ।

मृत्यु हुने पाँच जनाको शव फेला परेको छ भने एक महिला गम्भिर घाइते अवस्थामा फेला परेकी छन्। यस्तै एकजनाको अवस्था भने अज्ञात रहेको नुवाकोटका प्रहरी उपरीक्षक बसन्त कुँवरले जानकारी दिएका छन् । जिवितै फेला पर्नेमा डाेल्मा अानी रहेकी छिन् । उनैले फाेन गरेर दुर्घटना स्थलकाे पहिचान दिएकी थिइन् ।

दुुर्घटनामा पाइलट निश्चल केसीको ज्यान गएको छ। उनको शव दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हेलिकप्टर भित्रै फेला परेको थियो। यस्तै गम्भीर घाईते हुनेमा ल्हो आनी डोल्मा डिकी रहेकी छिन्। हेलिकप्टरमा सात जना सवार रहेको बताइएकाे छ ।

गोरखाको चुमनुब्री गाउँपालिका–१ को सामागाउँबाट उडेको हेलिकप्टर धादिङ र नुवाकोटको सिमानामा पर्ने नुवाकोटको मेघाङ गाउँपालिका १ बर्सुङचेतको मैलुङपाखाको जंगलमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको उपरीक्षक कुँवरले बताए। हेलिकप्टरमा एक जापानी नागरिक समेत सवार रहेका थिए।

 
 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग

यसरी मनाइयो काठमाडौंमा राष्ट्रिय पोशाक र टोपी दिवस

पुस १७, काठमाडौं । आज जनवरी १, सन् २०२६ का दिन १३औँ राष्ट्रिय पोशाक र

रवि, बालेन र कुलमानको आगामी बाटो

१५ पुष २०८२ । वैकल्पिक राजनीतिक शक्तिको खोजीमा रहेको नेपाली समाजमा बालेन्द्र शाह ‘बालेन’ र