‘घुस खाएको समाचार सुन्नु नपरोस्’ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीहरुलाई घुस खाएर काम नगर्न आग्रह गरेका छन् ।

शुक्रबार निजामती सेवा दिवसका अवसरमा मूल समारोह समितिले सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले जनतालाई सेवा दिँदा घुस नखान आग्रह गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘कर्मचारीले घुस खाएको समाचार बारम्बार आइरहन्छन्, अब यस्तो सुन्नु नपरोस् ।’

उनले कर्मचारीहरुलाई सेवा सुविधाको लोभ र लालचमा नपरी अनावश्यक खर्च नियन्त्रण गरी काममा ढिलासुस्तीको अन्त्य गर्न निर्देशन दिए ।

विषयगत कर्मचारीको अभाव भएतापनि मुलुकको उत्पादकत्व बढाउने गरी कर्मचारीले काम गर्ने ठाउँ प्रशस्तै रहेको दावी गर्दै प्रधानमन्त्री ओलीले भने, ‘कर्मचारी संख्या पर्याप्त छ, दुई हप्तामा गर्ने काम एक सातामा गर्न सकिन्छ । ढिलासुस्ती र अनियमितताको गुनासो सुन्नु नपरोस् ।’

प्रधानमन्त्री ओलीले आधिकारिक ट्रेड युनियन कानूनी हैसियतको संस्था भएको र यसको उद्गम संस्था ट्रेड युनियन सङ्गठन यथावत् रहने स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक