३३ किलो सुन तस्करीकाण्ड : यसरी खुल्यो दीपक मल्होत्राको पोल, यी हुन् भिआइपी तस्कर !

  


काठमाडौं, १८ भदौ । गृहमन्त्रालयका सहसचिव ईश्वर पौडेल संयोजकत्वमा गठित ३३ किलो सुन छानबिन समितिले एसएसपी दिवेश लोहनीसहितका प्रहरी अधिकृत र केही व्यापारीलाई पक्राउ गर्ने बाहेक कुनै उल्लेख्य काम नगरी बिदाई भइसकेको छ । समितिले पक्राउ गरेका ठूला र चचिर्ति ब्यापारीमा दीपक मल्होत्राका व्यापारिक साझेदार विमल पोद्दार हुन् । पोद्दारलाई पक्राउ गरिसकेपछि छानबिन समिति सुन प्रकरणको छानबिनमा गहिराईमा पुगेको अनुमान धेरैले गरेका थिए तर, पोद्दारले समितिलाई दिएको बयानका क्रममा दीपक मल्होत्रा लगायत अधिकार पक्राउ नपरेपछि समिति नाममात्रको सावित हुनपुग्यो ।
सोमबार राजधानीबाट प्रकाशित साँघु साप्ताहिकमा खबर छ– पोद्दारले सुनको कारोबार मात्रै होइन, हुण्डीको समेत गर्ने गरेको रहस्य खोलिदिएका छन् । डा डेविट भन्ने छिरिङ वाङ्दा गुरुङले बिमल पोद्दारलाई तस्करीको सुन बिक्री गर्ने गरेको बयानका अधारमा उनलाई पक्राउ गरी उनी थुनामा छन् ।

पोद्दारले छिरिङबाट अवैध रुपमा ल्याएको सुन खरिद गरेको समितिसँगको बयानमा पनि स्विकार गरेका छन् । गुरुङको बयानपछि पक्राउ परेका पोद्दारले अर्थ मन्त्रालयका पूर्व सहसचिव भरतराज सुवेदी, सिमेन्ट र छड लगायत व्यापार गर्ने विष्णु न्यौपानेका साझेदार मुकुन्द तिमिल्सीना, बहालवाला प्रहरीका उच्च अधिकारी हरी पाल, पूर्व प्रहरी आइजीपी हेमन्त पाल, विरेन्द्र बाबु श्रेष्ठको समेत नाम लिएको उच्च स्रोतको दाबी छ । र, उनको बयानका आधारमा अर्थका उच्च कर्मचारी, प्रहरी अधिकारी दखि नेता समेत तानिने भएपछि अधकल्चो छानबिन गरी समिति विघटन भइसकेको छ ।

 

बिमल पोद्दारले समितिमा मल्होत्राको विरुद्ध बयान दिए पनि पछि मोरङ जिल्ला अदालतका सरकारी वकिल पुण्य पाठक समक्ष बयान दिने क्रममा आफूले अहिलेसम्म ४ किलो मात्र सुन विक्री गरेका बताएका छन् । जबकि छिरिङ वाङ्दा गुरुङसँग पोद्दारले २२–२३ पटक गरी २ किलोका दरले अवैध सुन किनेर जनकपुरका दिपेन्द्र साहलाई बिक्री गर्ने गरेको कुरा समितिले लिएको बयानमा भनेका छन् ।

दिपेन्द्र साहको आफन्तलाई समेत अवैध सुन बिक्री गरेको उनले बयानका क्रममा भनेका छन् । मल्होत्राले समितिमा आफ्नो विरुद्ध पोद्दारले दिएको बयान सबै फेर्न लगाएका छन् । मल्होत्रा पोद्दार पक्राउ परेदेखि नै भएभित भए । पोधारले मल्होत्राले अवैध सुन कारोबार गर्ने गरेको बयान दिएपनि उनले माथिल्लो तहसम्म पहुँच भएकाले उनी जोगिन सफल भए । पछि सरकारका उच्च अधिकारीदेखि प्रहरीका अधिकारी समेत मुछिने भएपछि सुन तस्करी छानबिन नै फिक्का हुन पुगेको छ ।
सुन तस्करीका ठूला माछा उम्किएका छन् । र, एसएसपी दिवेश लोहनी लगायत अधिकारी र बाटाबाट टिपेर लगिएका महाबिर गोल्यान जस्ताहरु मात्र जालमा पुर्पक्षका लागि थुनामा छन् । गृहमन्त्री राम बहादुर थापाले सुन छानबिन समिति गठन गरी जुन प्रसंशा बटुलेका थिए, सुन तस्करीका ठूला माछालाई पक्राउ गर्न नसकेपछि उनी पनि आलोचनाको पात्र बनेका छन् ।

दीपक मल्होत्रा, राजकुमार लोहिया र आफूलो पार्टनरसिपमा कालिकास्थानमा पूर्व प्रधानसेनापति प्याराजंग थापासहितको जग्गा प्रति आना ११ लाखमा किनी सिल्भर भ्याली डेभलपर प्राली नामक कम्पनि दर्ता गरी सिल्भरसिटी अपार्टमेन्ट निर्माण गरेको बताएका छन् । उनले भारतको दिल्लीबाट आधारकार्ड बनाएको र भारतीय राजदूतावासबाट पासपोर्ट बनाएको उल्लेख गरेका छन् ।

मल्होत्रा र लोहियासँग मिलेर तनहुँको डुम्रेमा चुनढुङ्गा खरिद गर्ने गरी बाराही क्वारिज नाममा उद्योग खोलेको उक्त उद्योगमा पोखराका चेतन गुरुङलाई २५ प्रतिशत शेयर होल्डर बनाई काम शुरु गर्न खोज्दा मनमुटाव भएकाले अनिल राजभण्डारी र ज्ञानेन्द्र प्रधानलाई २ करोड ८० लाख रुपैयाँमा विक्री गरी उक्त रकम पनि अपार्टमेन्ट निर्माणमै लगाएको बयानमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

राहदानी वितरणमा हट्यो कोटा

मंसिर ५, काठमाडौं। राहदानी विभागले फ्रान्सेली कम्पनी ‘E Smart Identity France SAS (पूर्व आईडेमिया)’ सँग

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि

नेपालको ब्रेन ड्रेनदर उच्च

देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ   कात्तिक , २८