कञ्चनपुर: हिजाेसाँझ देखिकाे कर्फ्यू हट्याे, जनजिवन सामान्य बन्दै

कञ्चनपुर, भदाै ८ ।  कञ्चनपुरको भीमदत्तनगरमा विहिवार दिउसो देखि लगाइएको कर्फ्यू शुक्रवार बिहान ५ बजेदेखि हटेको छ । पांच दिन देखि अशान्त बनेको कञ्चनपुरमा विहिवार अवस्था काबु वाहिर गए पछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरेको थियो । विहिवार प्रदर्शनकारी माथि प्रहरीले गोली प्रहार गरेको छ ।

प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारी तर्फ गरी १५ जना घाइते भएका छन् । शुक्रवार विहानवाट कफ्र्यु हटेसँगै कञ्चनपुरको जनजीवन सामान्य बन्दै गएको छ । भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई कारवाहीको माग गर्दै प्रदर्शन सुरु भएको हो ।

प्रहरीले गत सोमवार निर्मलाको हत्यामा संलग्न भएको अभियोगमा मानसिक सन्तुलन ठिक नभएका ब्यक्तिलाई सार्वजनिक गरेपछि स्थानिय बासीन्दा झन आक्रोशित भएका हुन् ।

प्रहरीले वास्तविक अपराधिलाई जोगाउन मानसिक सन्तुलन ठिक नभएको ब्यक्तिलाई अभियुक्त बनाएको आरोप स्थानियको छ । विहिवार सोही प्रदर्शन हिंसात्मक बन्न थालेपछि प्रशासन कार्यालयले बिहीबार बेलुका ५ बजेदेखि १२ घण्टाका लागि कर्फ्यू लगाइएको थियो । विरोध प्रदर्शनका कारण भीमदत्तनगर बिहीबार दिनभर अशान्त बन्यो ।

ट्राफिक चोकमा प्रहरी र आन्दोलनकारी बीचको दोहोरो झडप भएको थियो । प्रहरीले दर्जनौं अश्रुग्यास प्रहार गर्यो । अश्रुग्यास सकिए पछि गोली प्रहार भएको थियो । जस्मा परी दुवैतर्फ घाइते भएका छन् प्रहरीतर्फ नौ जना घाइते भएका छन् भने आन्दोलनकारीतर्फ छ जना घाइते भएका छन् ।

घटना भएको २६ दिन पछि प्रहरीले भीमदत्तनगरपालिका–१९ बागफाँटाका ४१ वर्षीया दिलीपसिंह विष्टलाई अभियुक्त भन्दै पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

दुई विधेयक पारित दुई ऐन संशोधन

 पुस १५, बुटवल। बुटवल उपमहानगरपालिकाको चौधौँ नगर अधिवेशन दुई वटा विधेयक पारित र दुई वटा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

चीनद्वारा २८ करोड बराबरको राहत हस्तान्तरण

 कात्तिक २२, पोखरा। जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि राहत बोकेर दुई चिनियाँ जहाज आइपुगेका छन्

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

आज सन्दीपविरुद्धको मुद्दा सुनुवाइ हुँदै

काठमाडौँ, असोज २५ गते । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दाको पेसी आज हुँदै छ