प्रधानमन्त्री केपी ओलीले गरे,‘घरघरमा बायो ग्याँसको’ उद्घाटन ! (फोटोफिचर)

विराटनगर — प्रधानमन्त्री केपी ओलीले घर घरमा ग्याँस पाइपबाट ग्याँस पुर्याउँने अभियानको औपचारिक उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीले मंगलबार विराटनगरको जतुवामा पाइपबाट घरघरमा लगिएको ग्यासको औपचारिक उद्घाटन गरेका हुन् ।

जतुवाका ३२ परिवारले गौशालाबाट पाइपमार्फत लगिएको ग्यासले खाना पकाइरहेका छन्।

विराटनगर १४ जतुवास्थित श्रीकृष्ण गौसेवा सदनले घर घरमा ग्याँस पुर्याएको हो । सदनमा पालेको गाईको मलबाट बनेको बायो ग्यास प्लाण्टले घरघरमा पुर्याीइएको हो।


उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, उर्जा मन्त्री वर्षमान पुन मगर र मुख्य मन्त्री शेरधन राई सहभागी भएका थिए ।

पहिलो चरणमा ४ सय मिटर पाइप ओछ्याएर ३२ घरमा ग्यास वितरण गरिएको छ। उपभोक्ताले ग्यास उपभोग गरे वापत प्रति किलो ८४ रुपैयाँ तिर्नुपर्नेछ। यो एलपी ग्यास भन्दा सस्तो हुँने बताइएको छ ।

सदन समितिले विश्व बैंकको सहयोगमा आर्थिक वर्ष ०७३र७४ मा विद्युत उत्पादन गर्ने उद्देश्यसाथ बायो ग्यास प्लाण्ट निर्माणको ठेक्का नेपाल उर्जा विकास कम्पनीलाई दिएको थियो। तर मुलुकमा लोडसेडिङ अन्त भएपछि समितिले २०७४ फागुनमा ग्यास उत्पादन गर्ने निर्णय गरेको थियो।

सुरुमा ८४ लाख लागतमा निर्माण थालेको प्लाण्टलाई ग्यास उत्पादन गरेर पाइपमार्फत घरघरमा आपुर्ति गर्ने निर्णय गरेपछि लागत १ करोड २५ लाख रुपैयाँ पुगेको थियो। सुरुमा लागत मूल्यको २० प्रतिशत अर्थात् १६ लाख रुपैयाँ गौ सेवा सदनले चन्दा संकलन गरेर बैंक खातामा जम्मा गरेको थियो। सरकारको वैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रमार्फत २० प्रतिशत अर्थात् २० लाख रुपैयाँ थपेर ४० लाख उपलब्ध गराइदिएको छ। उक्त रकम विराटनगर महानगरपालिकामा सरकारले पठाइसकेको जिल्ला समन्वय समितिका वातावरण तथा ऊर्जा अधिकृत ज्ञानेन्द्र सिंहले बताए। उनले विश्व बैंकले ८५ लाख अनुदान सहयोग उपलब्ध गराएको बताए।

३ सय २० घनमिटरको यस बायो ग्यास प्लाण्टमा दैनिक १ सय ६० किलो ग्यास उत्पादन हुन्छ। यो ग्यास तीन किलोमिटर क्षेत्रमा १ सय ५० घरलाई पुग्छ तर प्लाण्ट भएको क्षेत्रमा बाक्लो बस्ती नभएकोले अहिले एक किलोमिटर क्षेत्र वरपरका ८० घरमा मात्रै आपुर्ति गर्ने निर्णय भएको सदनका पदाधिकारीले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक