काठमाडौंमा डुकाटी मोटरसाइकल गुडाउन प्रतिबन्ध

 

भदौ ४

 
 

काठमााडैं – प्रहरीले उपत्यकाभित्र डुकाटी मोटरसाइकल गुडाउन रोक लगाएको छ ।अत्याधिक ध्वनी प्रदूषणका कारण नागरिकको स्वास्थ्यमा प्रतिकुल असर पुगेको निष्कर्शसहित महानगरीय ट्राफिक प्रहरी महाशाखाले डुकाटी ब्रान्डका कुनै पनि मोटरसाइकल उपत्यकाभित्र सञ्चालन गर्न नपाइने गरी प्रतिबन्ध लगाएको हो । 

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी वसन्त पन्तले राजधानीको सडक डुकाटी मोटसरसाइकलको गति धान्न सक्ने क्षमताको नभएको र यहाँको जनघनत्व त्यही अनुसार रहेका कारण यसको प्रयोगमा रोक लगाइएको स्पष्ट पारे । 

‘१ हजार २ सय सीसीसम्मका यी मोटरसाइकल चलाउन सक्ने पूर्वाधार नै छैन ।’ एसएसपी पन्तले भने, ‘१ हजार २ सय सीसीसम्मका यी मोटरसाइकललाई सञ्चालन गर्न दिने हो भने आम नागरिकको हित विपरीत हुन्छ ।’

डुकाटी लगायतका बुलेट मोटरसाइकलका कारण ध्वनी प्रदूषण बढेको भन्दै सर्वसाधारणले महाशाखामा त्यस्ता सवारी सञ्चालनमा रोक लगाउन माग गर्दै दर्जनौं लिखित तथा मौखिक उजुरी समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग

यसरी मनाइयो काठमाडौंमा राष्ट्रिय पोशाक र टोपी दिवस

पुस १७, काठमाडौं । आज जनवरी १, सन् २०२६ का दिन १३औँ राष्ट्रिय पोशाक र

रवि, बालेन र कुलमानको आगामी बाटो

१५ पुष २०८२ । वैकल्पिक राजनीतिक शक्तिको खोजीमा रहेको नेपाली समाजमा बालेन्द्र शाह ‘बालेन’ र