राति परेको भारी वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीका कारण आइतबार मध्यपुरथिमि नगरपालिका–९ राधे राधे क्षेत्रको सिंगो बस्ती र भक्तपुर नगरपालिका–१ सल्लाघारी क्षेत्रको नयाँ बस्ती डुबानमा परेको छ ।
![/fw] /fw] If]q 8'afgdf zlgaf/ /fltb]lv k/]sf] ef/L jiff{sf sf/0f xg'dGt] vf]nfdf cfPsf] af9Ln] 8'afgdf k/]sf] dWok'/lyld gu/kflnsf( /fw] /fw] If]q . tl:a/ M /d]z lu/L, eQmk'/, /f;;](https://peoplenepal.com/wp-content/uploads/2018/08/1788131583rr-300x200.jpeg)
भारी वर्षाका कारण ढुङ्ग्रे खोला, खस्याङ खुसुङ खोला हुँदै हनुमन्ते खोलामा बाढी आएर पानीको बहाव जमीन सतहभन्दा माथि आएपछि बस्ती डुबानमा परेको हो । राधे राधे क्षेत्रका करीब ७० घर डुबानमा परेका छन् ।
यहाँका बस्ती डुबानमा परेपछि घरबाट मानिस बाहिर निस्किएका छैनन् । बिहान ४ बजेअगाडि देखि नै घरभित्र पानी पसेपछि यहाँका बासिन्दा त्रसित भएका थिए । पानी घरभित्र पसेपछि घरको भुइँतलाका सबै सामान बिग्रिएका छन् । पसल र केही घरका सामान भने प्रहरीले बिहानै आएर सारेको र केहीको उद्धार गरेको बताइएको छ ।
राधे राधे क्षेत्रका विद्यार्थी विद्यालय जान पाएनन् । बासिन्दा घरबाट बाहिर ननिस्कँदा कार्यालयसमेत जान नपाएको स्थानीयवासी शर्मिला राईले बताए । नजीकै रहेको मन्टेश्वरीलगायत विद्यालय पनि बन्द भएका छन् । यहाँका होटल तथा रेष्टुरेण्ट बन्द भएका छन् । यातायात कार्यालयले राधे राधे क्षेत्रमा सञ्चालन गर्दै आएको सवारी अनुमतिपत्रको प्रयोगात्मक परीक्षा बन्द भएको छ । अरनिको राजमार्गस्थित भक्तपुर र मध्यपुरथिमि जोड्ने हनुमन्ते पुल क्षेत्र भासिएको छ ।
त्यस्तै हनुमानघाटस्थित परोपकार केन्द्र र आसपासका घर, सिद्धि स्मृति बाल अस्पताल, राममन्दिर, शान्ति निकेतन मावि, डा इवामुरा अस्पताल, अक्सफोर्ड स्कूललगायत क्षेत्र डुबानमा परेको छ । वर्षाले हनुमन्तेमा बाढी आएपछि सुरक्षाकर्मीलाई रातिदेखि नै तयारी अवस्थामा राखिएको र डुबान क्षेत्रमा परिचालन गरिएका महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए । यसअघि गत असार २८ गते मध्यपुरथिमि क्षेत्र डुबानमा परेको थियो ।
यता भक्तपुरको सूर्यविनायक नगरपालिका सिपाडोलस्थित घ्याम्पेडाँडा तथा रानीकोट जाने सडकमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । सूर्यविनायक हुँदै घ्याम्पेडाँडा जाने बाटाको धेरै ठाउँमा पहिरो गएपछि मुख्य सडक नै अवरुद्ध हुँदा यहाँ बासिन्दाले सास्ती खेप्नुपरेको छ ।
स्थानीय होटल व्यवसायी रामजी अवालले पाइलट बाबा आश्रमभन्दा तल र माथि ठाउँठाउँमा पहिरो गएर कालोपत्रे सडकसमेत पूरै अवरुद्ध भएपछि सो बाटो हुँदै विद्यालय जाने विद्यार्थी, शिक्षक, शिक्षिका र स्थानीय बासिन्दा प्रभावित भएको बताए । रातिदेखि नै बाटो बन्द भएपछि विभिन्न कार्यक्रम लिएर होटलमा आउने र आन्तरिक पर्यटकसमेत बीचबाटै फर्किएर गएको उनको भनाइ छ । रासस
बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
मंसिर ५, काठमाडौं। राहदानी विभागले फ्रान्सेली कम्पनी ‘E Smart Identity France SAS (पूर्व आईडेमिया)’ सँग
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि
देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ कात्तिक , २८