यस्तो गाउँ जहाँ पत्नी गर्भवती हुनसाथ पतिले गर्छन् दोस्रो विवाह

water-wives-wellकाठमाडौं । शीर्षक पढेर तपाईलाई अचम्म लाग्न सक्छ श्रीमती गर्भवती हुनसाथ श्रीमानले किन अर्को बिबाह गर्छन् भनेर रु यो समाचार कतिलाई त विश्वास गर्न समेत गाह्रो हुनसक्छ तर यो सत्य हो । भारतको राजस्थानको केही गाँउहरुमा यस्तो प्रचलन अझैसम्म कायमै छ । अझ अचम्मको कुरा त के छ भने दोस्री या तेस्री श्रीमती बन्ने महिलाहरुलाई पनि विवाह गर्नुअघि यसबारेमा थाहा हुन्छ । अर्थात सहमतिमै यस्तो विवाह हुँदै आएका छन् ।

यो प्रथा राजस्थानको बाडमेर जिल्ला अन्र्तगत देरासर गाउँको हो । जहाँ पानीको अत्यन्त हाहाकार रहेको छ । उक्त गाउँका महिलाहरुको समय चर्को गर्मि र अत्यन्त चिसो समयमा पनि पूरैै दिन पानीको खोजीमा भौतारीदै बित्ने गर्दछ । यस ठाउँका युवतीहरुलाई सानैबाट पानी खोज्न र बोक्न सिकाइन्छ ।

विवाहपछि गर्भवती भएका महिलाहरुलाई दिनभरि पानी खोजेर भौतारिनु र पानी बोकेर घन्टौं हिड्नु खतरा हुने भएकोले गर्भवती भएको थाहा पाए पछि श्रीमानले दोस्रो बिबाह गर्ने गर्दछन् । दोसो्र बिबाह गरेपछि घरमा पानी बोक्ने मानिस हुनुको साथै गर्भवती श्रीमतीको स्याहार समेत गर्न सक्ने भएर यस्तो प्रथा चलिआएको बताइन्छ ।

राजस्थानको देरासरमा चलिआएको बहुबिबाहको प्रथा सदियौबाट चलिआएको हो । महाराष्ट्रको कति गाउँमा पानीकै कारणले पुरुष बहुबिबाह गर्न बाध्य भएको बताइन्छ ।

water-wives-walk

अत्यन्त सुख्खाग्रस्त क्षेत्रमा पानी ल्याउन धेरै गाउँहरु पार गरेर जानुपर्ने अवस्था छ । जसमा १०–१२ घन्टा सम्म लाग्ने गर्दछ । पछिल्लो तथ्यांक अनुसार महाराष्ट्रमा लगभग १९ हजार सुख्खाग्रस्त गाउँहरु रहेका छन् । यी गाउँहरुमा दोस्रो पत्नीलाई वाटर वाइफ भनेर सम्बोधन गरिन्छ । कतिपय गाउँमा त तिनवटा बिबाह समेत गरेको पाइएको छ । जहाँ पहिलो श्रीमतीले घर र बालबच्चा स्याहार्ने दोस्रो र तेस्रो श्रीमतीले पर्याप्त मात्रामा पानी बोक्ने जिम्मेवारी पाएका हुन्छन् ।

यी गाउँहरुमा दोस्रो तथा तेस्रो श्रीमतीहरु श्रीमानले छोडेका, बिधवा महिलाहरु बढि हुने गर्दछन् । कति गाउँहरुमा भने पुरुषहरुले कम उमेरका किशोरीहरु बिबाह गर्ने गरेका छन् । किनकी बढि उमेरका महिलाहरुको तुलनामा कम उमेरका किशोरीहरुले धेरै पानी बोक्न सक्षम हने उनिहरुको विश्वास रहेको छ ।

अनुसन्धानबाट यस्तो प्रथा धेरैजसो आदिवासी समुदायमा पाइएको छ । यस्तो प्रथाको भारतमा निकै विरोध हुदै आएपनि रोक्न अझै सकिएको छैन । अधिकारकर्मीहरुले यसलाई गैरकाननी बताउदै आएका छन् । पहिलो पत्नी वा दोस्रो पत्नीकै सहमतीमा यस्तो बिबाह हुने गरेको कारणले यस्तो प्रथा रोक्न मुस्किल हुदै आएको अधिकारकर्मिहरुको भनाइ छ । अधिकारकर्मीहरु अनुसार यसको लागि सरकारले महिला अधिकार, पानीको उपलब्धता र जनचेतनाको बिकासमा ठोस कदम चाल्न आवश्यक रहेको छ ।

– एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

राहदानी वितरणमा हट्यो कोटा

मंसिर ५, काठमाडौं। राहदानी विभागले फ्रान्सेली कम्पनी ‘E Smart Identity France SAS (पूर्व आईडेमिया)’ सँग