July 24, 2018

लोकतान्त्रिक विधिबाट अघि बढ् काँग्रेस: प्रम

 

 
 
 

काठमाडौैँ, ८ साउन  : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले संविधानबमोजिम संसद्ले कानून बनाउने लोकतान्त्रिक विधिबाट अघि बढ्न प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसलाई आग्रह गरेका छन्  । 

 

नेकपा केन्द्रीय कार्यालय धूम्रबाराहीमा २०७५ साउन ८ गते आयोजित कार्यक्रममा काँग्रेसले संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणाली र संविधानको सर्वाेच्चता मानेर अगाडि जान तयार छ कि छैन भन्ने प्रश्न गर्दै भने, “संसद्ले कानून बनाउँछ, काँग्रेस मान्न तयार छ कि छैन ? संवैधानिक बाटो चुनावबाट सरकारलाई अपदस्थ गर्न सकिन्छ, म लोकतान्त्रिक विधि र प्रक्रियामा आउन काँग्रेसलाई चुनौती दिन्छु । संघर्षको मैदान हामीले पनि देखेका छौँ । अलोकतान्त्रिक, प्रतिक्रियावादी र जनविरोधी कुनै पनि प्रयास सरकारलाई अस्वीकार्य छ र त्यसलाई नियन्त्रण गरिनेछ ।” 

 

प्रधानमन्त्री ओलीले कम्युनिष्टहरु मिलेको र स्थिर सरकार बनेकामा प्रतिक्रियावादीहरुलाई सही नसक्नुभएको बताए । प्रधानमन्त्री ओलीले भने, “काँग्रेस यति चाँडो वस्त्र उतारेर मैदानमा उत्रिएको छ । हिजो हाम्राविरुद्ध टाउकाको मूल्य तोकेको होइन ? झोलामा टाउको ल्याउनु भनेको वा सर्वस्वसहित जन्मकैद तोकिएका मान्छे शासन गरिरहेका छन्, अनि उनीहरुलाई चित्त बुझ्छ ?” 

 

प्रधानमन्त्री ओलीले काँग्रेसले खोजेको लोकतान्त्रिक प्रणाली, मूल्य र मान्यतामा अझै प्रश्न रहेको आरोप लगाउँदै सामन्ती राजतन्त्रमा फर्केर आउन सक्ने विचार पनि काँग्रेसमा रहनु प्रतिगमनकारी विचार भएको र आफूहरु राजतन्त्रको पक्षमा नरहेको पुनः स्पष्ट गरे  । 

 

प्रा डा गोविन्द केसीको अनशन र उनको मागमा काँग्रेस मिसिएको सन्दर्भमा प्रधानमन्त्री ओलीले सबैको निःशुल्क स्वास्थ्योपचार र गुणस्तरीय शिक्षाका लागि नेकपाले पहल गर्दै आएको बताउँदै सबै समस्याको समाधान संवाद र संसद्बाट टुङ्गिने बताए । प्रधानमन्त्री ओलीले स्वास्थ्य सेवाजस्तो अत्यावश्यक क्षेत्रमा कर्मचारीले हडताल गर्नु उचित नभएको बताउँदै प्रा डा केसीलाई सघन उपचार आवश्यक पर्ने भनी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट लिखित सुझाव आएकाले उनलाई काठमाडौँ ल्याइएको स्पष्ट पारेका थिए।

 

“सरकारले केसीको उपचार गर्न नपाउने ? उहाँको नाममा अरुको राजनीतिको रोटी सेक्ने, बाटो छेक्ने ? यो हुन सक्दैन”, प्रधानमन्त्री ओलीले भने  । प्रधानमन्त्री ओलीले आफूले देश र जनताप्रति निष्ठापूर्ण कामका लागि दैनिक शपथ लिएर काम गरिरहेको पनि स्पष्ट पारे । 

 

प्रतिक्रान्तिसँगको लडाइँ जारी छ : दाहाल 

 

पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्टहरुको एकता र निर्वाचनबाट बनेको दुई तिहाइको सरकारविरुद्ध नियोजित षड्यन्त्र गरी भ्रमपूर्ण प्रचार गरिएको बताए  । 

 

“हामीले चुनाव जिते पनि क्रान्ति जितेका छैनौँ । प्रतिक्रान्ति र क्रान्तिकारीबीचको लडाइँ जारी छ । प्रतिक्रियावादीहरुलाई कम्युनिष्ट एकता र स्थिर सरकार मन परेको छैन तर हामी त्यस्ता षड्यन्त्रलाई सफल हुन दिने छैनौँ ।”  ‘प्रचण्ड’ले  भए/नभएका कथाहरु बनाएर सरकार र नेकपाको विरोधमा भ्रम छर्ने काम भएकाले क्रान्तिलाई सफल बनाउन र स्थिर सरकारको विरुद्ध सबै हतियार प्रयोग गरेर भइरहेका नियोजित षड्यन्त्र चिर्न आह्वान गरे। 

 

प्रा डा केसीको अनशनको नाममा सरकारलाई टिक्नै नदिने वितण्डा मच्चाउन खोजिएको छ भन्दै प्रचण्डले  पार्टी र सरकारको कामलाई समृद्धिको दिशातर्फ एकजुट भएर लाग्नुको विकल्प नरहेको बताए  ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक