नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४० औं स्मृति दिवसको अवसर पारेर सोमबार राष्ट्रियसभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भने-
पुष्पकलम दाहाल
– डाक्टर गोविन्द केसीको विषयमा म केही भन्न चाहन्न। उहाँले यो पहिलो पटक बसेको अनसन पनि होइन। यसभन्दा अघि १५ पटक उहाँ अनसन बसिसक्नु भएको छ।
लोकतान्त्रिक भन्ने सरकारका बेलामा झन धेरै समयमा बस्नु भएको छ। उहाँहरूले के हेरेर बस्नु भएको थियो त्यतिखेर सम्बोधन गर्न।
अहिले गोविन्द केसी अनसन बस्नुहुन्छ यो नेपाली समाजले पचाइसेकेको छ उहाँको काम अनसन बस्नु हो। उहाँ बसिराख्नु हुन्छ।
उहाँसँग वार्ता हुन्छ सहमति पनि हुन्छ त्यो पनि सामान्य प्रक्रिया हो। यसमा अनौठो मान्नुपर्ने कुनै कुरा छैन।
हाम्रो पार्टीको अस्ति सचिवालय बैठक बस्तै थियो। जुम्लाको स्वास्थ्य विज्ञान प्रतिष्ठानका तीन जना डाक्टरहरुको विज्ञप्ति हाम्रो सचिवालय बैठकमा आइपुग्यो। हामीले हेर्यौ। अब केही दिन मात्रै जुम्लामा डा केसी रहने हो भने तुरून्तै सिसियू आवश्यकता पर्छ। सिसियू सुविधा जुम्लामा छैन त्यसकारण उहाँलाई छिटोभन्दा छिटो उहाँको बैकल्पिक व्यवस्था गर्नुपर्छ’ भन्ने पत्र आएपछि त्यहाँ प्रधानमन्त्री जी पनि हुनुहुन्थ्यो। उहाँको जीवन रक्षा गर्ने पहिलो कर्तब्य सरकारको हो।
अन्तिम समयसम्ममा पनि डा. गोविन्द केसीको जीवन रक्षालाई सरकारले पहिलो प्राथमिकतामा राखेर उहाँसँग वार्ता गरि समस्याको समाधान गर्न संगसँगै महत्व दिएर अगाडि जानुपर्छ भनेर हामीले निर्णय गर्यौ।
सरकारले वार्ता टोली बनाइसकेकै थियो, अब उहाँको जीवन रक्षा गर्ने दायित्वबाट पनि हामी चुक्न हुँदैन भनेर हामीले निर्णय गर्यौ र भोलिपल्ट सरकारले उहाँको जीवन रक्षाका निम्ति हेलिकप्टर, सेना पुलिस र वार्ता टोलीका सदस्यहरू सबैलाई पठायो।
गोविन्द केसी अहिले काठमाडौं हुनुहन्छ।
उहाँको जीवन रक्षा गर्ने दायित्व सरकारको हो। तर, उहाँको अर्को पक्ष उहाँको जीवन रक्षाप्रति गम्भीर छैन।
तथा कथित लोकतान्त्रिक भन्ने तागत सायद उहाँको हत्या गर्न चाहन्छ र त्यो लासको राजनीति गर्न चाहने हो कि भन्ने प्रश्न गम्भीर रूपमा खडा भएको छ।
म जनतालाई पनि भन्न चाहन्छु। यो के बिडम्बना हो? सरकारले वार्ता टोली बनाएको छ समस्या समाधान गर्न, सरकारले उहाँको जीवन रक्षाका लागि लडेर जीवन रक्षा गर्नुपर्ने सामाना गरेको छ। फेरि सरकारै माथि आरोपै आरोप यो के चिज हो?
गोविन्द जीसँग वार्ता गर्ने कुरामा हामी तयार छौ। कति लचिलो हुनुपर्ने हो हामी तयार छौ। उहाँको जीवन रक्षाप्रति हामी संवेदनशील छौ। तर मैले यहाँ उठाउन खोजेको नेपाली कांग्रेसले खोजेको चै के हो?
नेपाली कांग्रेसले संघीय लोकतान्त्रिक गणतन्त्र डाक्टर गोविन्द केसीको पुछ्छर समातेर तार्न हरण गर्न खोजेको हो?
कांग्रेसले आफ्नो राजनीति गोविन्द केसी मार्फत गर्नुपर्ने ठाउँमा पुगिसकेको हो?
कांग्रेस यति निम्छरो, यति कमजोर, यति एजेन्डाबिहिन यति अलोकतान्त्रिक भइसेकको हो?
अस्ती भर्खरै हामी त्यत्रो सहकार्य गरेको १२ बुँदे समझदारी शान्ति सम्झौता गरेको पार्टीको कुनै एजेन्डा छैन? गोविन्द केसीको माग पुरा गर, भनेर अनि सम्पूर्ण तोडफोडमा उत्रिएको हो। यदि हो भने अब कांग्रेस सिद्धियो। कांग्रेसको अब अवसानको बाटो हो यो।
हिजो मात्रै कांग्रेसका सभापतिसँग प्रधानमन्त्री र म बसेर कुरा गर्यौ।
सभापतिसँग हामीले भन्यौं। के गर्नुपर्ने हो गरौं। यो अनावश्यको विडम्बना नगरौं। विधेयक संसदमा छ।
एउटा कुनै व्यक्तिको मागलाई मानिदिनैपर्ने अरू कुनै उपाय छैन भने। यो संसद प्रतिनिधिसभा किन चाहियो।
बिच बिचमा एक दुइ जनालाई अनसन बस्न लगाउँ उसले जे भन्छ त्यही गरौंला।
लोकतान्त्रिक प्रणाली हो भने प्रणाली भित्रैबाट समस्या समाधान गर्नुपर्छ त्यो भन्दा बाहिरबाट गर्न खोज्नु भनेको लोकतान्त्रको उपहास या अपमान बाहेक केही हुन्न।
तर, उहाँले भन्नुभयो-तपाईहरू डा.केसीसँग जेमा कुरा मिलाए पनि मेरो सहमति। मेरो भन्नु केही छैन। यदि केसी मान्दैनन् भने हाम्रो आन्दोलन जारी रहन्छ।
यही हो देउवाजीको जवाफ।
कांग्रेसको यही बुद्धि हो र तरिका हो भने इतिहासको विषय बन्ने दिन आउन धेरै बेर लाग्दैन। उहाँहरूले एकछिन ठान्नुभयो होला । कम्न्युनिष्ट सकिन्छ भन्नु भएको होला। तर, १० गुणा शक्तिका साथ हामी पनि अगाडि आउँछौ।
अध्यक्ष दाहालले सरकार अब दश गुणा शक्तिका साथ अघि बढ्ने भन्दै त्यसको तागत हेर्न चेतावनी दिए। उनले भने, ‘हेर्नुहोला १० गुणा शक्तिको साथ हामी पनि अघि आउँछौ, हामी एकताको प्रारम्भीक चरणमा छौ हामीले अभियान चलाउन सिंगै बाँकी नै छ । हामी तल जादैछौ । हामी जनतामा जादैछौ । हेर्नुहोला । त्यसबाट के निस्कन्छ ? यो के तागत हो भन्ने कुरा।’
विगतमा कम्युनिष्ठ गठबन्धन विरुद्ध एकजुट भएको शक्ति नै अहिले वर्तमान सरकारलाई कही न कहिबाट बद्नाम गर्ने नियोजित कसरतमा लागेको उनको भनाई थियो। इतिहासमा विगतदेखि अहिले सम्मका क्रान्तिका अनुभवले प्रत्येक क्रान्ति पछि पराजित भएको बर्ग समयुदाय वा शक्ति अझै ठूलो प्रतिक्रान्तिका लागि तयार रहने भएकाले क्रान्तिको उपलब्धीको रक्षा गर्ने काम कठिन भएको विर्सन नहुनेमा उनले जोड दिए।
पराजित बर्गले प्रतिक्रान्तिका लागि १० औ गुणा तागत लगाउने भएकाले क्रान्ति पछिको प्राप्तीलाई बचाईराख्नु चुनौतिपुर्ण रहेको भन्दै उनले त्यसतर्फ सचेत हुनुपर्नेमा जोड दिए।
विगतमा लोकतान्त्रिक भन्ने पार्टीका कयौ अलोकतान्त्रिक क्रियाकलाप देखेको स्मरण गर्दे उनले दुई तिहाई सरकारलाई काम गर्न नदिनका लागि विभिन्न किसिमका कु–प्रचार गरिएको दाबी गरे।