डा. केसीको अनसनको आज २४ औँ दिन पुरा , अहिलेसम्मकै लामो अनसन !

डा. गोविन्द केसीको १५ अनसनको आज २४ औँ दिन पुगेको छ । चिकित्सा शिक्षा सुधार लगायतका माग राख्दै १५ औँ पटक अनसन बसेका डा. गोविन्द केसीको यो सबैभन्दा लामो अनसन हो ।

22stdayfastgkc0121071822stdayfastuntodeathgkc01210718img9962-2172018034747-1000x0

२४ औँ दिनसम्म पनि उनको मागको सुनुवाइ हुने संकेत सरकारले देखाएको छैन । पटक पटक वार्ताका लागि सरकारी टोलीको समिति गठन गरेतापनि सरकारी पक्ष र डा।केसी पक्षको अडानका कारण औपचारिक वार्ता भने अझै हुन सकेको छैन ।

असार १६ देखि जुम्लाबाट अनसन थालेका डा. गोविन्द केसीलाई वार्ता र उपचारकै लागि भनि सेनाको हेलिकप्टर मार्फत् काठमाडौँ ल्याइएको थियो । माग पुरा गर्ने भएमा मात्र काठमाडौँ आउने र उपचार गर्ने हठमा बसेका डा. केसीलाई अपहरण शैलीमा काठमाडौँ ल्याएको भन्दै जुम्लाबासीले गुनासो समेत पोखेका थिए ।

उनलाई ल्याउनका लागि सरकारी टोलीलाई निकै कठिन भएको थियो । जुम्ला अस्पतालबाट उनलाई काठमाडौँ ल्याउन नदिन त्यहाँका विद्यार्थी तथा जुम्ला बासीले अवरोध सिर्जना गरेका थिए । तर प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई उपचारका लागि काठमाडौँ ल्याउन आवश्यक बल प्रयोग गर्न आदेश दिएका थिए । फलस्वरुप अस्पतालमा लाठीचार्ज, अश्रु ग्यासको प्रयोग समेत भएको थियो । प्रहरी र केसी पक्षबीच झडप हुँदा त्यहाँ गोली समेत चलेको थियो भने डाक्टर र प्रहरीसहित दर्जनौँ घाइते भएको थिए ।

झडप पश्चात् सरकार सफल भयो डा। केसीलाई काठमाडौँ ल्याउन तर उनको माग र अनसन भने यथावत् नै रहेको छ । काठमाडौँ मै पनि उनको समर्थनमा चिकित्सक संघ तथा विभिन्न राजनीतिक दलहरुले भव्य प्रदर्शन गरिरहेका छन् ।

सरकारले डा केसीको मागका विषयमा पर्याप्त चासो नदिँदा डा केसीको स्वास्थ्य गम्भिर बन्दै गइरहेको छ। चिकित्सकले उनको मुटु जतिबेला पनि बन्द हुन सक्ने चेतावनी दिइसकेका छन्। तर, सरकारले भने डा केसीको माग पुरा गर्ने विषयमा कुनै गम्भिरता देखाएको छैन ।

यसअघि ११ औं अनसनका समयमा डा केसी सबैभन्दा बढी २३ दिनसम्म अनसन बसेका थिए । सरकार मागप्रति संवेदनशील नभएको भन्दै डा. केसी पक्षले पूर्ण म्यान्डेडसहितको वार्ता टोली गठन गर्न सरकारसित माग गरिरहेको छ ।

सरकारले केही दिनलाई संसद् स्थगित गरेर सकारात्मक संकेत दिए पनि संसदमा पेश भएको चिकित्सा स्वास्थ्य विधेयक फिर्ता लिने संकेत दिएको छैन ।

प्रधानमन्त्री ओली र डा. गोविन्द केसी मध्ये एक जना नझुकी अनसन अन्त्यको विकल्प छैन । यस्तो अवस्थामा पूरा होला त डा. गोविन्द केसीको माग ?

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना