काठमाडौं । बलिउड अभिनेता रणवीर कपुर भारतीय बक्स अफिसमा थप अब्बल कलाकारका रुपमा दरिएका छन् । उनको चलचित्र ‘सञ्जू’ भारतीय बक्सअफिसमा छैटौं ठूलो चलचित्र बनेको छ । एनडीटीभी डटकमका अनुसार रणवीरले सलमान खानलाई उछिन्ने सम्भावना देखिएको छ ।
रणवीरको चलचित्र ‘सञ्जू’ ले अहिलेसम्म ५ सय करोड भारतीय रुपैयाँ कलेक्सन गरिसकेको छ । चलचित्र बलिउडसँगै ओभरसिज मार्केटमा अहिले पनि प्रदर्शनरत रहेकाले उसको कलेक्सनको ग्राफले थप उचाइ लिने छ । ‘सञ्जू’ एक यस करोडमा निर्माण भएको चलचित्र हो ।
‘बहुबली–२’ बलिउडमा सबैभन्दा धेरै ग्रसकलेक्सन गर्ने चलचित्र हो । दोस्रो आमिर खानको ‘दङ्गल’ तेस्रो आमिरकै ‘पीके’ हो । चौथो र पाँचौं नम्बरमा सलमानका चलचित्र ‘टाइगर जिन्दा है’ र ‘बजरङ्गी भाइजान’ छन् ।
राजकुमार हिरानी निर्देशित चलचित्र ‘सञ्जू’ अभिनेता सञ्जय दत्तको जीवनीमा आधारित बायोपिक हो । जसमा रणवीर कपुर मुख्य भूमिकामा छन् ।
चितवन, कात्तिक ३० गते । नेपालमा बाहिरबाट आउने महको आयात रोकिएसँगै यहाँका किसानले उत्पादन गरेको महले
असोज २२,काठमाडौँ । यही असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षापछिको बाढी तथा पहिरोका
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
असार २८, काठमाडौँ। प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत नपाएपछि राष्ट्रपति रामचन्द्र पौडेलबाट नयाँ सरकार
पीपल नेपाल संबाददाता बिजय प्याकुरेल असार १८, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड