भारतको परसाटांड निवासी एक जना युवतीले विवाह भएको पहिलो रातमै अफुले अरु कसैलाई माया गर्ने बताइदिएकि छन् । उनले विवाहको पहिलो रातमै श्रीमानलाई आफ्नो प्रेमिक रहेको जानकारी दिएकी हुन् । उनको विवाह भारतको भौंरा निवासी सीआइएसएफमा कार्यरत सिपाहीसँग भएको थियो ।
उनीहरु ३ डिसेम्वर सन् २०१७ मा विवाह बन्धमा बाँधिएका थिए । विवाह ठिकठाकसँगै भयो । जब विवाहको पहिलो रातै उनले श्रीमान्सँग ‘म कसैको सम्पत्ति हो’ भनेपछि उनका श्रीमान् चकित भए । तनावमा परेका उनले आफ्नी श्रीमतीबाट सान्त स्वभावमा सबै कहानी भन्न लगाए । उनी भन्दै गइन् । उनले सुन्दै गए ।
नवविवाहिता पत्नीले भनेको सबै कहानी उनले रेकर्ड समेत गरेका थिए । उनले श्रीमतीबाट उनको प्रेमीको मोवाइल नम्वर समेत लिए । दोस्रो दिन उनि पत्नीसँगै ससुराली लागे । तेस्रो दिन भने विवाह भएको उत्सवमा परिवारले खानपिन (पार्टी) को आयोजना गरेको थियो ।
तर परिवारले आयोजना गरेको पार्टीमा उनको श्रीमती सहभागी भइनन् । उनी माइतबाटै आउन नमानेपछि श्रीमान्को मात्रै उपस्थितीमा पार्टीको आयोजना भयो । सबै आफन्तले नयाँ दुलहिको खोजी गरे । तर केटाको परिवारले उनी बिरामी भएर अस्पतालमा भर्ना भएकोले आउन नसक्ने जानकारी दिए ।
त्यसपछि पनि उनी आफ्नो श्रीमानको घर आइनन् । उनी माइतमै बसीन् । तर सात महिना पछि घमटनाले नयाँ मोड लियो । उनले पुलिसमा निवेदन दिँदै भनिन्, ‘श्रीमान्ले मलाई विवाह गरेर पनि घर लगेनन्’ त्यस लगत्तै केटालाई पुलिस थानामा हाजिर हुन भनियो ।
पुलिसले भने अनुसार उनि प्रहरी कार्यालय पुगे । उनले आफु र उनीसँग विवाह भएकी केटिको बारेमा सबै खुलस्त भने । प्रहरीले विश्वास नमानेपछि केटाले रेकर्ड गरेर राखेको केटिको आवाज समेत सुनाइदिए । जसले गर्दा उनि निर्दोष सावित भए ।
वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो
काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल
काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू
माघ २९, काठमाण्डौ । नेपाल ट्रेड युनियन महासँघ(जिफन्ट) ले नेपाल सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित गर्ने
पुस २९,काठमाडौँ । अब त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले प्रवाह गर्ने सेवामा सुधार
माघ १०,बैतडी। श्रमिकका छोराले एमबिबिएस पढ्न पूर्ण छात्रवृत्तिमा नाम निकालेपछि खुसीयालीसँगै बिहान बेलुकी के खाएर