लामो समयदेखि हतियार सप्लाई गर्दैै आएका ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विशेष सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंका इन्सपेक्टर अनिल ठकुरीको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई ललितपुरको नखिपोटबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा रामेछापको लिखु स्थायी घर भएका कृष्ण बहादुर जोशी, रामेछापको दोरम्बाका आशुराम मोक्तान र ताप्लेजुङका हेमराज पौडेल रहेका छन् ।
प्रहरीले जर्मन पेस्तोल विक्री गर्न हिँडेका ३ जनाको समूहलाई ललितपुरको नख्खिबोटबाट पक्राउ गरेसँगै हतियार किनबेच हुने गरेको खुलेको हो ।
प्रहरीले उनीहरुको साबाट मेड ईन जर्मन लेखिएको ‘७९१७–१९९२ वाई’ नम्बरको एकथान पेस्तोल, दुईथान म्यागजिन र ५ राउण्ड गोली बरामद गरेको छ ।
उक्त समूहलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुरमा बुझाउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने