सनी लियोनको जीवनीमा आधारित चलचित्र ‘करनजीत कौर, द अनटोल्ड स्टोरी अफ सनी लियोन’ बनेको छ । भारतीय चलचित्र क्षेत्रमा नाम चलेका कलाकारहरु जीवनमा आधारित चलचित्र बन्ने होड नै चलेको छ । तर सनि लियोनको जीवनमा आधारित चलचित्र प्रर्दशनमा आउनुभन्दा अगाडीनै विवादमा परेको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार उनको वयोपिक विवादमा परेको हो ।चलचित्र प्रर्दशनमा आउनुभन्दा अगाडी नै शेख धर्मका गुरु शिरोमणिले चलचित्रमा आपत्ति जनाएका हुन् । उनले समितिको तर्फबाट निर्माण समितिलाई ध्यानाकर्षण गर्दै उनले चलचित्रको नाममा घोर आपत्ति भएको जनाएका हुन् ।
सनीको वास्तविक नाम करनजीत कौर हो । पछि उनले नाम परिवर्तन भयो । शिरोमणि गुरुले यस बारेमा सरकारमा गुनासो गर्ने बताएका छन् तर सनी र उनको चलचित्र निर्माताबाट केहि पनि प्रतिक्रिया आएको छैन ।
आदित्य दत्तले निर्माण गर्न लागेको यो चलचित्रमा सनी आफै अभिनय गर्ने बताइएको छ । यो पहिलोपटक हुँदैछ कि कोहि कलाकार आफ्नै आत्मकथामा मुख्य भूमिकामा काम गर्दैछ । यो वेव चलचित्र हो, १६ जुलाईमा यो ‘जी ५’ मा रिलिज हुँदैछ ।
सनी सन् २०११ को ‘बिग बोस’ सिजन ५ मा टेलिभिजनमा देखा परेकी थिइन्। त्यसपछि उनी ‘जिस्म–२’, ‘रागिनी एम एम एस–२’, ‘एक पहेलि लिला’, ‘कुछ कुछ लोचा है’, ‘वान नाइट स्ट्याण्ड’ लगायतको फिल्ममा अभिनय गरिसकेकी छिन् ।समितिका प्रवक्ता दिलजित सिंह बेदीका अनुसार नाम परिवर्तन गरिसकेकी सनी लियोनलाई कौर शब्दको प्रयोग गर्नु आवश्यक छैन ।
बेदीका अनुसार यसले शिख धर्मावलम्बिहरुलाई ठेस पुग्ने बताइएको छ । पछिल्लो वर्ष सनी र उनका श्रीमानले एक बालिकालाई धर्मपुत्री बनाएका थिए । उनको नाम निशा कौर बेबर राखिएको छ । उनीहरुको जुम्ल्याहा छोरा पनि छन् । उनीहरुको नाम अशर र नोआ हो ।
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने