July 4, 2018

यस्तो बन्ने भो धरहरा ! प्राविधिक छनौटमा परे यी ५ कम्पनी, लागत कति ?

 

काठमाडौँ, असार २० । धरहरा पुन निर्माणका लागि ५ वटा कम्पनी प्राविधिक रुपमा छनौट भएका छन् । भुकम्पले भत्काएको धरहरा निर्माणको लागि आवेदन गरेका ६ कम्पनि मध्य ५ कम्पनि प्राविधिक रुपमा छनौट भएका हुन् ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणले आव्हान गरेको ग्लोबल टेण्डरको प्रारम्भिक छनौट नेपाली र चीनको ज्वाइन्ट भेञ्चरमा प्रस्ताव पेश भएको ५ वटा कम्पनी छनोट भएका हुन्।

छनोट भएका कम्पनीहरुमा जेइक लामा जेभी, सिआर फाइभ सिइएस स्वच्छन्द जेभी, कुमार सिएफइसी जेभी, जीआईटिसी रमन जेभी, सीआइसीओ कालिका जेभी रहेको प्राधिकरणले जनाएको छ ।

छनौट भएका कम्पनिहरु मध्ये सबैभन्दा कम रकममा धरहरा निर्माणको प्रस्ताव पेश गर्ने कम्पनिलाई ठेक्का दिने प्राधिकरणले जनाएको छ । यी पाँच वटा कम्पनीहरुको आर्थिक प्रस्ताव असार २६ गते खोलिने प्राधिकरणले सुचना जारी गरेको हो ।

४२ रोपनी जमिनमा निर्माण हुने धराहराको निर्माण ठेक्का लागेको मितिले २ वर्ष भित्रै सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको छ । प्राधिकरणका अनुसार चिनियाँ कम्पनीहरुले नेपाली निर्माण व्यवसायीहरुसँग ज्वाइन्ट भेञ्चरमा प्रस्ताव पेश गरेका हुन्।

नयाँ डिजाइन अनुसार धरहराको लागत ४ अर्ब २७ करोड ९भ्याट र १० प्रतिशत मूल्य वृद्धि शुल्क सहित हुनेछ । जसमा धरहराको मुल भाग निर्माणका लागि १ अर्ब १२ करोड लाग्नेछ भने हुलाक सेवा विभागमा निर्माण हुने अण्डरग्राउण्ड बेसमेन्टको निर्माण लागत ७५ करोड हुनेछ ।

बाँकी लागत भने वाटर फाउण्टेन, म्युजियम, गार्डेनको निर्माणमा लाग्नेछ । धरहरा निर्माणका लागि नेपाल टेलिकमले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत एक अर्ब रुपैंयाँ दिने प्रतिवद्धता जनाईसकेको छ भने मै बनाउँछु मेरो धरहरा अभियानमा २४ करोड रुपैंयाँ संकलन भएको छ ।

धरहराको डिजाइन भने केज कन्सल्ट प्रालिले तयार गरेको हो । डिजाइन अनुसार धरहरा २४५ फिट अग्लो हुनेछ । बाहिरबाट हेर्दा विसं १९९० सालको भूकम्पमा भत्किनुअघिको जस्तै ११ तलाको देखिनेछ भने भित्री भागमा करिब २० तलासम्म जानेछ ।

मुगलशैलीमा नै निर्माण हुने धरहराको टुप्पोसम्म जान दुईवटा लिफ्टको व्यवस्था हुनेछ । प्रत्येक लिफ्टले एकपटकमा १० जनालाई ओसार्ने क्षमता राख्नेछ ।

धरहराको भित्री भागको १८ र १९ तलामा १७ जनासम्म अट्ने थिएटर राखिनेछ जसमा बसेर पर्यटकले धरहराको ऐतिहासिक पक्षबारे जानकारी लिन सक्नेछन्। धरहरा घुम्न आउनेका लागि केहीबेर सोही स्थानमा रमाउन सक्नेगरी आकर्षक फोहोरासहितको बगैँचा, रेस्टुराँको पनि व्यवस्था गरिनेछ ।

त्यस्तै टक्सारका पुराना मेसिन, छापिएका मुद्रा र गोश्वारा हुलाकका ऐतिहासिक टिकट लगायतका सामग्री राखेर सङ्ग्रहालयसमेत राखिने समेत डिजाइनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष