July 4, 2018

यस्तो बन्ने भो धरहरा ! प्राविधिक छनौटमा परे यी ५ कम्पनी, लागत कति ?

 

काठमाडौँ, असार २० । धरहरा पुन निर्माणका लागि ५ वटा कम्पनी प्राविधिक रुपमा छनौट भएका छन् । भुकम्पले भत्काएको धरहरा निर्माणको लागि आवेदन गरेका ६ कम्पनि मध्य ५ कम्पनि प्राविधिक रुपमा छनौट भएका हुन् ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणले आव्हान गरेको ग्लोबल टेण्डरको प्रारम्भिक छनौट नेपाली र चीनको ज्वाइन्ट भेञ्चरमा प्रस्ताव पेश भएको ५ वटा कम्पनी छनोट भएका हुन्।

छनोट भएका कम्पनीहरुमा जेइक लामा जेभी, सिआर फाइभ सिइएस स्वच्छन्द जेभी, कुमार सिएफइसी जेभी, जीआईटिसी रमन जेभी, सीआइसीओ कालिका जेभी रहेको प्राधिकरणले जनाएको छ ।

छनौट भएका कम्पनिहरु मध्ये सबैभन्दा कम रकममा धरहरा निर्माणको प्रस्ताव पेश गर्ने कम्पनिलाई ठेक्का दिने प्राधिकरणले जनाएको छ । यी पाँच वटा कम्पनीहरुको आर्थिक प्रस्ताव असार २६ गते खोलिने प्राधिकरणले सुचना जारी गरेको हो ।

४२ रोपनी जमिनमा निर्माण हुने धराहराको निर्माण ठेक्का लागेको मितिले २ वर्ष भित्रै सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको छ । प्राधिकरणका अनुसार चिनियाँ कम्पनीहरुले नेपाली निर्माण व्यवसायीहरुसँग ज्वाइन्ट भेञ्चरमा प्रस्ताव पेश गरेका हुन्।

नयाँ डिजाइन अनुसार धरहराको लागत ४ अर्ब २७ करोड ९भ्याट र १० प्रतिशत मूल्य वृद्धि शुल्क सहित हुनेछ । जसमा धरहराको मुल भाग निर्माणका लागि १ अर्ब १२ करोड लाग्नेछ भने हुलाक सेवा विभागमा निर्माण हुने अण्डरग्राउण्ड बेसमेन्टको निर्माण लागत ७५ करोड हुनेछ ।

बाँकी लागत भने वाटर फाउण्टेन, म्युजियम, गार्डेनको निर्माणमा लाग्नेछ । धरहरा निर्माणका लागि नेपाल टेलिकमले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत एक अर्ब रुपैंयाँ दिने प्रतिवद्धता जनाईसकेको छ भने मै बनाउँछु मेरो धरहरा अभियानमा २४ करोड रुपैंयाँ संकलन भएको छ ।

धरहराको डिजाइन भने केज कन्सल्ट प्रालिले तयार गरेको हो । डिजाइन अनुसार धरहरा २४५ फिट अग्लो हुनेछ । बाहिरबाट हेर्दा विसं १९९० सालको भूकम्पमा भत्किनुअघिको जस्तै ११ तलाको देखिनेछ भने भित्री भागमा करिब २० तलासम्म जानेछ ।

मुगलशैलीमा नै निर्माण हुने धरहराको टुप्पोसम्म जान दुईवटा लिफ्टको व्यवस्था हुनेछ । प्रत्येक लिफ्टले एकपटकमा १० जनालाई ओसार्ने क्षमता राख्नेछ ।

धरहराको भित्री भागको १८ र १९ तलामा १७ जनासम्म अट्ने थिएटर राखिनेछ जसमा बसेर पर्यटकले धरहराको ऐतिहासिक पक्षबारे जानकारी लिन सक्नेछन्। धरहरा घुम्न आउनेका लागि केहीबेर सोही स्थानमा रमाउन सक्नेगरी आकर्षक फोहोरासहितको बगैँचा, रेस्टुराँको पनि व्यवस्था गरिनेछ ।

त्यस्तै टक्सारका पुराना मेसिन, छापिएका मुद्रा र गोश्वारा हुलाकका ऐतिहासिक टिकट लगायतका सामग्री राखेर सङ्ग्रहालयसमेत राखिने समेत डिजाइनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र