पूर्वको सप्तकोशी नदीमा पानीको बहाव बढ्यो, सर्तक रहन चेतावनी !

पूर्वको सप्तकोशी नदी आसपासको क्षेत्रमा भिषण बर्षात् भएको छ । वर्षात पछि पानीको बहाव अत्यधिक बढ्दा सर्तक रहन चेतावनी दिइएको छ ।

जल तथा मौसम पूर्वानुमान विभागका अनुसार सप्तकोशीको चतरास्थित बर्षा मापन केन्द्रमा बितेको २४ घण्टामा १४६ मिलिमिटर बर्षात् भएको छ । त्यस्तै १२ घण्टाभित्रमा ९१ मिलिमिटर बर्षात् भएको छ ।

सप्तकोशी नदीकोे पहाडी क्षेत्र तथा सप्तकोशीका सहायक नदी रहेका पहाडी तथा हिमाली क्षेत्रमा पनि भिषण बर्षात् भइरहेकाले विभागले सतर्क रहन आग्रह गरेको छ ।

‘सप्तकोशीको चतरास्थित बर्षा मापन केन्द्रमा गएको २४ घण्टामा १४६ मिलिमिटर, १२ घण्टामा ९१ मिलिमिटर बर्षा भएको छ र अहिले पनि बर्षा हुने क्रम जारी रहेकाले आसपासमा सतर्क रहन अुनरोध छ ,’ विभागले भनेको छ ।

विभागका अनुसार आज र भोली देशको अधिकांश पहाडी क्षेत्रमा वर्षा हुने देखिएकोले चुरे लगायतका पहाडी क्षेत्रका स–साना खोलानालामा पनि बाढी आउने भएकाले सतर्क रहन पहिरो ग्रस्त क्षेत्रका मानिसहरुलाई सचेत रहन आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका छ: केपी शर्मा ओली

विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका