June 28, 2018

राष्ट्रियसभा सदस्य निर्वाचन विधेयक प्रतिनिधिसभामा पेश

सरकारले राष्ट्रियसभा सदस्य निर्वाचन विधेयक, २०७५ प्रतिनिधिसभामा पेश गरेको छ । गृहमन्त्री रामबहादुर थापाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले बिहिबार बसेको प्रतिनिधिसभाको बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचन विधेयक, २०७५ पेश गरेका हुन् । सरकारले अध्यादेशमार्फत् ल्याएको राष्ट्रियसभा सदस्य निर्वाचन विधेयक, २०७५ लाई प्रतिस्थापन गर्न यो विधेयक संसदमा पेश गरेको हो ।

विधेयकमाथिको छलफलमा भाग लिँदै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राष्ट्रियसभा सदस्य निर्वाचन विधेयकमा जनताद्धारा प्रत्यक्ष निर्वाचित हुने गरी सांसदहरुको निर्वाचन गर्ने प्रावधान राख्न माग गरे । उनले राष्ट्रियसभा सदस्यका उम्मेदवारहरुको धरौटि रकम घटाउने व्यवस्था गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए । 

संवैधानिक व्यवस्था अनुसार हरेक २ वर्षमा एक चौंथाई राष्ट्रिय सभाका सदस्यहरुको निर्वाचन हुने गर्दछ । सोही निर्वाचनलाई समेत ध्यानमा राखेर सो विधेयक प्रतिनिधिसभामा पेश गरिएको पनि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री तामाङले बताउनु भयो । प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक