काँग्रेसलाई हरहालतमा एक नम्बर बनाउनुपर्छ, म पनि आजैबाट लाग्छु : देउवाको प्रतिबद्ध

 नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीलाई कुनै पनि हालतमा एक नम्बर बनाउनुपर्नेमा जोड दिएका छन् ।

जिल्ला सभापतिहरुको भेला समापन कार्यक्रमलाई हेटौँडामा सम्बोधन गर्दै सभापति देउवाले पार्टीलाई बहुमत पुग्ने गरी पुरानै अवस्थामा लगी कुनै पनि हालतमा कांग्रेसलाई नम्बर एक बनाउनुपर्नेमा जोड दिएका हुन् ।

उनले भने, “कुनै पनि हालतमा पार्टीलाई नम्बर वान बनाउनुपर्छ। बहुमत पुग्नेगरी पुरानै अवस्थामा लानुपर्छ। यसका लागि साथीहरु पनि लाग्नुपर्‍यो । म पनि आजैबाट लाग्छु”

देशभरका साथीहरुले निर्वाचनका हारको कुरा गरेको उल्लेख गर्दै यसमा आफ्नो पनि कमजोरी रहेको देउवाको स्वीकारोक्ति थियो । उनले पार्टीलाई पहिलेकै अवस्थामा ल्याउनका लागि आजैबाट अहोरात्र खट्ने प्रतिबद्धतासमते जाहेर गरे।

उनले भने, त्यो जाली काम गर्ने सिलवाल (सांसद नवराज सिलवाल) अहिले कुन पार्टीमा छ ? दुईटा कार्यसम्पादन मुल्यांकन बोकेर हिडेको छ । त्यस्तो कामलाई सदर गरिदिने उही प्रधानन्यायाधीश । त्यसैल बाध्य भएर महाभियोग लगाउनुपर्‍यो ।

कार्यक्रममा बोल्दै सभापति देउवाले निर्वाचनका क्रममा बम विस्फोटमा परी घाइते भएका उदयपुरका सांसद उम्मेदवार नारायण कार्कीलाई पार्टीको केन्द्रीय समितिले ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरे।

समापन समारोहमा देउवाले जिल्ला सभापतिहरुको सुझाव पार्टीका लागि निकै महत्वपूर्ण भएको धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक