ट्रेड युनियन कांग्रेसको नेतृत्व चयनका लागि मतदान हुँदै

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका शुभेच्छुक संगठनहरुको छाता संगठन नेपाल ट्रेड युनियन कांग्रेसको काठमाडौंमा जारी छैठौं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि शुक्रबार निर्वाचन हुन गइरहेको छ । 

जेठ २९ गतेबाट शुरु भएको राष्ट्रिय महाधिवेशनको निर्वाचनमा संस्थापन पक्ष र पौडेल पक्ष प्यानलसहित प्रतिष्पर्धामा उत्रिएका छन् । संस्थापन पक्षबाट निवर्तमान अध्यक्ष खिलानाथ दाहाल र पौडेल पक्षबाट पुस्करराज आचार्य प्यानलसहित चुनावी मैदानमा उत्रिएका हुन् । 

आगामी चार वर्षका लागि ४५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नका लागि शुक्रबार दिउँसो १ वजेबाट मतदान शुरु गरिने निर्वाचन अधिकृत धर्म खनालले जानकारी दिएका छन् । उनका अनुसार देशैभरीका ७२ जिल्लाबाट आएका १४ सय २० जना प्रतिनिधिहरुले मतदानमा सहभागिता जनाउने छन् । 

ट्रेड युनियन कांग्रेसमा कांग्रेसका २५ शुभेच्छुक संगठनहरुको आवद्धता रहेको ट्रेड युनियन कांग्रेसका नुवाकोट अध्यक्ष शिव देवकोटाले जानकारी दिएका छन् ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वरिष्ठ अधिवक्ता महेश नेपाल न्याय परिषद सदस्यमा सिफारिस

२०८२ जेठ २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

शिक्षक आन्दोलनको स्वरुप परिवर्तन गर्न आग्रह

वैशाख  १०,काठमाडौँ। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले विद्यार्थीको अधिकारप्रति सचेत हुँदै आन्दोलनको स्वरुप

पूर्वराजाका गतिविधिमाथि निगरानी,  सुरक्षाकर्मी कटौती

 चैत १७, काठमाडौँ । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा तैनाथ  सशस्त्र प्रहरी बल (एपिएफ) को

झुटो इतिहासले उब्जेको तनाव

 ८ चैत २०८१, शुक्रबार चियाको कपमा तुफान भन्ने टुक्का त आफैँले पनि कति ठाउँमा प्रयोग

गठबन्धन सरकारलाई एकताबद्ध भई अगाडि बढाउन आवश्यक

रुपन्देही  १९ , फागुन।  नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस र नेकपा