प्रधानमन्त्री ओलीको चीन भ्रमण नजिकिँदै गर्दा चीनले खोल्यो साझेदारीको यस्तो रहस्य !

प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको मिती नजिकिँदै छ । उनी असार पाँच गते चीन भ्रमणका लागि जाँदै छन् । प्रधानमन्त्री ओलीले असार ५ देखि चीनको ६ दिने औपचारिक भ्रमण गर्ने भएका हुन् ।

Kp_Oli_Tanahun_RVEThzwtRc

चार मन्त्रीलगायतलाई लिएर जाने ओलीको चीन भ्रमणका क्रममा चीनले अगाडि सारेको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) अन्तर्गत साझेदारीका क्षेत्रमा समझदारी हुने भएको छ ।

नेपालले प्रधानमन्त्री ओलीको भ्रमणको तालिका सार्वजनिक गरेकै दिनमा चिनियाँ विदेशमन्त्रालयमा बुधवार आयोजित पत्रकार सम्मेलनका सुरुवातमै मन्त्रालयका प्रवक्ता जेङ सुयाङले नेपालका प्रधानमन्त्रीको चीन भ्रमण हुन लागेको जानकारी गराएका हुन् ।

‘चीन र नेपाल मित्रताका साथै बृहत् साझेदारीका साझेदार हुन्। चीन र नेपालको सम्बन्धले सधैँ विकासको सुखद गतिको अनुभव गरिरहेको छ,’ प्रवक्ताले भने, ‘दुवै पक्ष एकअर्कालाई एकअर्काका सरोकारमा सहयोग गर्दै आएका छन्। हाम्रा आपसी साझेदारीका क्षेत्रहरू तीव्र रूपमा विकास भइरहेका छन्।’

नेपालमा राजनीतिक परिवर्तन पछि प्रधानमन्त्री ओलीको पहिलो चीन भ्रमण भएको भन्दै प्रवक्ता सुयाङले दुवै देशको नेतृत्वलाई चीन नेपाल सम्बन्धलाई नयाँ सिराबाट कोर्न तथा मार्गदर्शन गर्न सहयोग पुग्ने बताए।

 ‘प्रधानमन्त्री ओलीको भ्रमणलाई बेल्ट एण्ड रोड इनिसिएटिभको फ्रेमवर्क अन्तर्गतको साझेदारीलाई उचाइमा लाने अवसरको रूपमा चीनले लिन चाहन्छ,’ उनले भने, ‘हाम्रो द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउनका लागि राजनीति, आर्थिक तथा व्यापार, पूर्वाधार, विपत् पछिको पुनर्निर्माण र संस्कृति तथा जनस्तरलगायतका क्षेत्रमा साझेदारीलाई बढाउने छ।’

भ्रमण टोलीमा गृहमन्त्री रामबहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन, भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल लगायत रहेको मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति सी जिनपिङका साथै चिनियाँ समकक्षी ली खछ्याङ लगायतका नेताहरुसँग भेटवार्ता गर्नेछन् । साथै नेपाल र चीनबीच केही सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको मन्त्रालयद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको थियो ।

भ्रमणले दुवै देशका नेताका लागि आगामी योजना तथा नयाँ अवस्था अनुरूप चीन–नेपाल सम्बन्ध विकासका लागि महत्वपूर्ण अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने