काठमाडौं घोषणापत्र जारी गर्दै आज कम्युनिष्ट सम्मेलनको समापन

कार्ल मार्क्सको द्विशतबार्षिकीका अवसरमा बुधबारदेखि काठमाडौंमा सुरु भएको अन्तर्राष्ट्रिय सम्मेलन आज पनि जारी छ।

images_cms-image-000048940

होटल याक एण्ड यतीमा जारी सेमिनारमा हिजो बोल्न बाँकी देशका प्रतिनिधिले आज आफ्ना धारणा राख्ने कार्यक्रम रहेको नेकपाका केन्द्रीय सदस्य तथ सम्मेलन आयोजक समिति सदस्य विष्णु रिजालले जानकारी दिए। सेमिनार विहान ९ बजेदेखि नै सुरु भइसकेको छ।

कार्ल मार्क्सको द्विशतवार्षिकीका अवसरमा नेकपा र नेकपा (मसाल) ले ‘आजको मार्क्सवाद  र समाजवाद’ विषयक अन्तर्राष्ट्रिय सेमिनार आयोजना गरेका हुन्। बुधबार सुरु भएको सम्मेलनमा नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले कार्यपत्र प्रस्तुत गरेका थिए। 

सम्मेलनमा विश्वका १८ देशका २५ वटा कम्युनिष्ट पार्टीको सहभागिता छ। सम्मेलन काठमाडौं घोषणापत्र जारी गर्दै आजै साँझ सकिने छ।

हिजो चीन, बंगलादेश, भियतनाम, अष्ट्रेलिया, जापान, रुस लगायतका देशका कम्युनिष्ट पार्टीका नेताले आफ्नो धारणा राखेका छन्। बाँकी नेताले आज आफ्नो धारणा राख्ने कार्यक्रम छ।

सम्मेलनमा कम्युनिष्ट पार्टी अफ चाइना, सोसलिस्ट अलायन्स अस्ट्रेलिया, कम्युनिष्ट पार्टी अफ बंगलादेश, रिभुलसनरी वर्कर पार्टी अफ बंगलादेश, सोसलिस्ट पार्टी अफ बंगलादेश, एमएलपिडी जर्मनी, कम्युनिष्ट पार्टी अफ इन्डिया, कम्युनिष्ट पार्टी अफ इन्डिया (माले) लिबरेसनका प्रतिनिधि सहभागि छन्।

त्यस्तै जापानिज कम्युनिष्ट पार्टी, वर्कर पार्टी अफ कोरिया, लाओ पिपुल्स सिभुलुसनरी पार्टी, कम्युनिष्ट पार्टी अफ रसियन फेडेरेसन, कम्युनिष्ट पार्टी अफ श्रीलंका, जेभिसी श्रीलंका, कम्युनिष्ट पार्टी अफ भियतनाम, कम्युनिष्ट पार्टी ब्राजिल, दक्षिण अफ्रिकी कम्युनिष्ट पार्टी र कम्युनिष्ट पार्टी जाम्बियाका प्रतिनिधि पनि सम्मेलनमा सहभागि भएका छन्।

बिहिबार बिहान आयोजक कमिटीका संयोजक नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालसँग विभिन्न देशका प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेका छन्। सम्मेलनमा दिउँसो परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको विदेश नीतिका प्राथमिकताबारे बोल्ने कार्यक्रम रहेको नेता रिजालले जानकारी दिए।

नेकपाका प्रवक्ता तथा केन्द्रीय सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ प्रकाशले दिउँसो सम्मेलनमा समापन मन्तव्य राख्ने कार्यक्रम छ।

संयोजक नेपालले होटल याक एण्ड यतीमा दिउँसो २ बजे काठमाडौं घोषणा पत्र जारी गर्दै कार्यक्रम समापन हुने जनाएका छन्। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक