सरकारले ल्याएको बजेटबारे साझा धारणा तय गर्न नेपाली कांग्रेस संसदीय दलको बैठक अहिले केहीबेरमा सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सुरू हुँदैछ।
अर्थमन्त्री युवराज खतिवडाले मंगलबार संसदमा आव २०७५/०७६ का लागि १३ खर्व १५ अर्वको बजेट पेश गरेका थिए।
बजेटबारे संसदमा छलफल सुरू हुनुपूर्व साझा धारणा बनाउन कांग्रेसले बैठक बोलाएको हो।
सरकारले ल्याएको बजेट बोझ बोकाउने खालको भएको भन्दै कांग्रेसले विरोध गर्दै आएको छ। बिहान ११ बजेलाई बैठक बोलाइए पनि केही ढिला गरी बैठक सुरु हुन लागेको हो।
पार्टी सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा, उपनेता बिजयकुमार गच्छदार, संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणसहित सांसदहरू संसदीय दलको कार्यालयमा उपस्थित भइसकेका छन्। प्रतिनिधिसभामा कांग्रेसका ६३ जना सांसद छन्।
३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै
जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार
वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने
वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको
वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको
काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक