May 30, 2018

नयाँ बजेट घोषणा भएसँगै अब महंगिने भए चकलेट र कस्मेटिक सामानहरु

 नयाँ बजेट घोषणा भएसँगै अब चकलेट, कस्मेटिक, खेलौना र मासुको मूल्य बढ्ने भएको छ ।

सरकारले आर्थिक वर्ष २०६५/०६६ को बजेटमा चिनीबाट बनेका र कोका मिसिएका आयातित चकलेटमा ५ प्रतिशत अन्तः शुल्क लगाउने घोषणा गरेको हो ।

देशमै उत्पादित कोका मिसिएका चकलेटमा पनि ५ प्रतिशत अन्तः शुल्क लाग्नेछ । तर, देशमै उत्पादित चिनीबाट बनेका चकलेटमा भने अन्तः शुल्क नलाग्ने भएको छ ।

त्यस्तै, फ्रिज तथा भ्याकुम क्लीनरमा पनि ५ प्रतिशत अन्तः शुुल्क लाग्ने भएको छ ।

यदि २० हजारको फ्रिज थियो भने अन्तः शुल्क ५ प्रतिशत लाग्दा एक हजार मूल्य बढ्नेछ ।

यसैगरी दालमोट, भुजिया र अन्य ड्राइफुडमा समेत ५ प्रतिशत अन्तः शुल्क लाग्ने भएको छ ।

मंगलबार बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले आयातित तयारी मासुमा पनि ५ प्रतिशत अन्तः शुल्क लाग्ने जानकारी दिएका छन् ।

कस्मेटिक सामान र आयातित खेलौनामा पनि ५ प्रतिशत अन्तः शुल्क लाग्ने भएको छ । यसले आयातित खेलौना र कस्मेटिक सामानको मूल्य बढ्ने भएको छ ।

वि.सं. २००८ मा नेपालको पहिलो बजेटसँगै आर्थिक ऐनद्वारा अन्तः शुल्क लगाउन सुरु गरिएको थियो ।

अहिले अन्तः शुल्क ऐन, २०५८ तथा अन्तः शुल्क नियमावली २०५९ मार्फत सरकारले यस्तो अन्तः शुल्क उठाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल