नयाँ बजेट घोषणा भएसँगै अब चकलेट, कस्मेटिक, खेलौना र मासुको मूल्य बढ्ने भएको छ ।
सरकारले आर्थिक वर्ष २०६५/०६६ को बजेटमा चिनीबाट बनेका र कोका मिसिएका आयातित चकलेटमा ५ प्रतिशत अन्तः शुल्क लगाउने घोषणा गरेको हो ।
देशमै उत्पादित कोका मिसिएका चकलेटमा पनि ५ प्रतिशत अन्तः शुल्क लाग्नेछ । तर, देशमै उत्पादित चिनीबाट बनेका चकलेटमा भने अन्तः शुल्क नलाग्ने भएको छ ।
त्यस्तै, फ्रिज तथा भ्याकुम क्लीनरमा पनि ५ प्रतिशत अन्तः शुुल्क लाग्ने भएको छ ।
यदि २० हजारको फ्रिज थियो भने अन्तः शुल्क ५ प्रतिशत लाग्दा एक हजार मूल्य बढ्नेछ ।
यसैगरी दालमोट, भुजिया र अन्य ड्राइफुडमा समेत ५ प्रतिशत अन्तः शुल्क लाग्ने भएको छ ।
मंगलबार बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले आयातित तयारी मासुमा पनि ५ प्रतिशत अन्तः शुल्क लाग्ने जानकारी दिएका छन् ।
कस्मेटिक सामान र आयातित खेलौनामा पनि ५ प्रतिशत अन्तः शुल्क लाग्ने भएको छ । यसले आयातित खेलौना र कस्मेटिक सामानको मूल्य बढ्ने भएको छ ।
वि.सं. २००८ मा नेपालको पहिलो बजेटसँगै आर्थिक ऐनद्वारा अन्तः शुल्क लगाउन सुरु गरिएको थियो ।
अहिले अन्तः शुल्क ऐन, २०५८ तथा अन्तः शुल्क नियमावली २०५९ मार्फत सरकारले यस्तो अन्तः शुल्क उठाउँदै आएको छ ।
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष
पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण
चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग