संविधान संशोधनमा प्रधानमन्त्रीको हस्ताक्षर उपलब्धिमुलक : यादव

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन गर्न प्रधानमन्त्रीको सहमति जनाउनुलाई राजनीतिक उपलब्धिको रूपमा व्याख्या गरेका छन्।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड र फोरम अध्यक्ष यादवले दुई बुँदे सहमतिमा हस्ताक्षर गरेका हुन्।

सहमतिको पहिलो बुँदामा ‘फोरमले आन्दोलनका क्रममा उठाएका माग र मुद्दाका सम्बन्धमा संविधान संशोधनसँग सम्बन्धित विषयहरू देश र जनताको पक्षमा आपसी सहमतिमा आधारमा संविधान संशोधन गरी सम्बोधन गरिनेछ’ भन्ने उल्लेख छ।

यादवले आन्दोलनका क्रममा उठेका संविधान संशोधनका माग सम्बोधन गरिने उल्लेख हुनु उपलब्धिमुलक भएको बताए।

‘यो मुलुकको ठूलो परिवर्तन हो’, यादवले भने, ‘संविधान संशोधन गरेर मुलुकको समस्याको हल खोज्ने भनेर सरकारमा रहेका पार्टीका दुई अध्यक्ष र प्रधानमन्त्रीले सही गर्नु भएको छ। यो उपलब्धि हो।’

उनले सरकारमा सहभागी हुने मन्त्रीको टुङ्गो लाग्न बाँकी रहेको बताए।

‘मन्त्रालयको विषय छलफल गर्ने भनेका छौं’, यादवले भने।

संघीय समाजवादी फोरमले २०७४ फागुन २२ गते सरकारमा सामेल हुने निर्णय गरे पनि लामो समयदेखि दुई दलबीच सहमतिमा हस्ताक्षर हुन सकेको थिएन। फोरमका लागि नेकपाले सहरी विकास र स्वास्थ्य मन्त्रालय खाली राखेको छ।

केन्द्रमा फोरम सरकारमा सामेल हुने निर्णयसँगै प्रदेश २ को समेत सत्ता परिवर्तनको संकेत देखिएको छ। प्रतिपक्षीका रूपमा आफ्नो पार्टीलाई पहिचान नगरिएको भन्दै नेकपाले प्रदेश २ मा सरकारलाई दिएको समर्थन आइतबार फिर्ता लिइसकेको छ। यादवले सभामुखको बदमासीका कारण प्रदेश २ मा समस्या देखिएको बताए।

‘सभामुखको बदमासी हो’, यादवले सेतोपाटीसँग भने, ‘सभामुखले प्रमुख प्रतिपक्षी भनेर नेकपालाई नदिएर तेश्रो पार्टीलाई दिएबाट उत्पन्न समस्या हो।’

प्रदेश २ का सभामुख राजपाका हुन्।पछिल्लो समय राजपा र फोरमबीच दूरी बढेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक