प्रधानमन्त्री ओलीले सन्दीपको उदाहरण दिँदै भने : विद्यार्थीको क्षमता चिन्नुस्

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली युवाहरु कमजोर नभएको भन्दै उनीहरुको क्षमता चिनेर त्यसको उजागर गर्नुपर्ने बताएका छन् । हालै आईपीएल खेलेर चर्चामा आएका युवा सन्दीप लामिछानेको उदाहरण दिँदै ओलीले भने, “सन्दीप लामिछानेलार्इ नै हेर्नुस् न, दुईचार डल्ला के फ्याँकेको थियो, चम्किहाल्यो । सन्दीपलाई क्रिकेट खेल्न नलगाएर गीत गाउन लगाएको भए के हुन्थ्यो रु चित्र कोर्न लगाएको भए के हुन्थ्यो ? त्यसैले विद्यार्थीको इच्छाअनुसारको विषय पढ्न पाउनुपर्छ । शिक्षा जीवनउपयोगी हुनुपर्छ– आमाबाबुको सपना पूरा गर्ने, देशको सपना पूरा गर्ने, मुलुकलाई नयाँ दिशामा लैजान सक्नेखालको ।”

बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकारको एकमात्र उद्देश्य मुलुक र जनताको जीवस्तर उकास्ने भएको पनि बताए । प्रधानमन्त्री ओलीले शिक्षा नभएको देश गरिब हुने बताउँदै शिक्षाका लागि सरकारी र निजी विद्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने पनि बताए ।

उनले नेपालको शिक्षा गुलाफको फूलजस्तो हुनुपर्ने बताए । “इजरायलमा भ्यालेन्टाइन डेको दिन सम्पूर्ण फूल टिपेर अरु देशमा पठाउँछन्” ओलीले थपे, “जसले मुलुकको विकासको लागि फाइदा पुगेको हुन्छ, हाम्रो शिक्षा पनि त्यस्तै गुलाफको फूलजस्तै हुनुपर्छ, टिप्यो कि पैसा आइहाल्यो ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने