प्रदेश २ मा कांग्रेसलाई प्रमुख प्रतिपक्षीको मान्यता

प्रदेश सभामुख सरोजकुमार यादवले कांग्रेसलाई प्रमुख प्रतिपक्षी दलको मान्यता दिएका छन् । अब कांग्रेस संसदीय दलका नेता रामसरोज यादव प्रदेश २ का प्रमुख प्रतिपक्षी दलको नेता भएका छन् ।

प्रदेश सभामुख यादवले प्रदेश सभा नियमावली नबनेसम्म कांग्रेसलाई प्रतिपक्षी दलको मान्यता दिएको बताए । ०७३ मा बनेको संघीय सदनको कानुनअनुसार नै कांग्रेसलाई विपक्षी दलको मान्यता दिएको उनले बताए । यादवले भने, ‘प्रदेश सभा नियमावली बनेपछि सोहीअनुसार प्रमुख प्रतिपक्षीको व्यवस्था हुनेछ, तत्काललाई संघीय सदन नियमावलीअनुसार निर्णय लिएको हुँ ।’

प्रदेश सभामा तत्कालीन एमाले र कांग्रेस दुवैले प्रमुख प्रतिपक्षी दलको दाबी गरेपछि विवाद भएको थियो । तत्कालीन एमालेले सरकारलाई विश्वासको मत दिएकाले आफूहरूले प्रमुख प्रतिपक्षी दलको मान्यता पाउनुपर्ने कांग्रेसको माग थियो । एमाले सत्ता पक्ष भएको कांग्रेसको जिकिरलाई तत्कालीन एमाले नेताहरूले अस्वीकार गर्दै आएका थिए । कांग्रेसले भने प्रमुख प्रतिपक्षीको मान्यता दिन माग गर्दै संसद् अवरुद्ध गर्दै आएको थियो ।

कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले प्रदेश सभामुखको निर्णयको स्वागत गरे । ‘यो पहिला नै लिनुपर्ने निर्णय थियो, ढिलो भए पनि ठीक भएको छ, सभामुखलाई धन्यवाद दिन्छौँ ।’ प्रमुख प्रतिपक्षी दल कुनै पनि सभाको गहना भएको उनले बताए । अब कांग्रेसले सरकारको काममा रचनात्मक सहयोग गर्ने उनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने