ठूला कम्युनिष्ट पार्टीबीचको एकता विश्वकै असाधारण घटना : पुष्पकमल दाहाल

दुई ठूला कम्युनिष्ट पार्टीबीचको एकता सामान्य परिघटना नभई असाधारण रहेको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल‘‘प्रचण्ड’ले बताएका छन्।

prachanda-4

संघीय संसद् भवन नयाँ बानेश्वरमा आज बसेको नेकपाको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले एकता प्रक्रिया नेपालको मात्रै नभई विश्वकै असाधारण घटना भएको दावि गरेका हुन् ।

कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन र नयाँ परिस्थितिमा समाजवादको यात्रा तय गर्नका लागि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को एकताले मार्ग प्रशस्त गरेको अध्यक्ष दाहालको दावि छ । ‘कम्युनिस्ट आन्दोलनलाई उचाईमा पुर्याउन र देशको विकासमा यो अपरिहार्य थियो ।’ उनले भने ।

अध्यक्ष दाहालले दुई पार्टीको एकतापछि देश र विदेशबाट बधाईका सन्देश लगातार आइरहेको जानकारी दिँदै विश्व समुदायले पनि नेपालको पछिल्लो राजनीतिक घटनालाई नजिकबाट नियालिरहेको छ बताए । ‘यो एकता ‘जनताको अपेक्षा पुरा गर्न र देशलाई आर्थिक समृद्धिको दिशामा लैजान पनि इतिहासकै महत्त्वपूर्ण घटनाक्रमका रूपमा स्थापित भएको छ।’ उनले भने ।

आफूहरूको काँधमा महत्त्वपूर्ण जिम्मेवारी आएको उल्लेख गर्दै दाहालले नेपाली जनता र देशले दिएको जिम्मेवारी पुरा गर्ने लक्ष्यका साथ आफूहरू एकीकृत रूपमा अगाडि बढ्ने संकल्प गरेको र त्यो पुरा भएको दावि गरे ।

विकास समृद्धिको यात्रालाई प्रभावकारी रूपमा अगाडि बढाउने दायित्व समेत नेपाल कम्युनिष्ट पार्टी र वर्तमान सरकारको काँधमा आएको अध्यक्ष दाहालको भनाई थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक