पश्चिमी सीमानाका कञ्चनपुरको गड्डाचौकीबाट आधा किलो सुनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । भारतीय नम्बरको जिपमा सीमावर्ती भारतीय सहर बनबासातर्फ जाँदै गरेका दुई भारतीय नागरिक बुधबार बिहान आधा किलो सुनसहित पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय गड्डाचौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक डिकरदेव पन्तले एचआर १२ एएफ ०००६ नम्बरको जीपमा सवार हरियाणाका ४५ वर्षिय सुरेशकुमार पाल र ३६ वर्षका जितेन्द्र सहनीलाई सुनसहित पक्राउ गरिएको पुष्टि गरेका छन् ।
उनले पक्राउ परेका भारतीय नागरिकहरुबाट ४ सय ९६ ग्राम सुन बरामद गरिएको र भन्सार कार्यालयले नियन्त्रणमा लिएको पनि बताए । ‘‘सुराकीले दिएको सूचनाका आधारमा भन्सारको टोलीले चोकजाँच गर्दा सुन बरामद भएको हो । अहिले उनीहरुलाई भन्सारले आफैसँग राखेको छ,’’ प्रहरी नायव निरीक्षक पन्तले भने ।
गड्डाचौकी भन्सार कार्यालय स्रोतका अनुसार उक्त जीप बैशाख ३१ गते चार दिनका लागि भन्सार सुविधा काटेर नेपाल भित्रिएको थियो । भन्सार सुविधाको म्याद नसकिँदै उक्त जीप सुनसहित फर्किने क्रममा प्रहरीको फन्दामा परेको हो । उक्त जीप काठमाडौंबाट सुन लगेर कञ्चनपुर हुँदै भारततर्फ गइरहेको अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको छ ।
वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो
पुस १५, बुटवल। बुटवल उपमहानगरपालिकाको चौधौँ नगर अधिवेशन दुई वटा विधेयक पारित र दुई वटा
कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग
कात्तिक २२, पोखरा। जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि राहत बोकेर दुई चिनियाँ जहाज आइपुगेका छन्
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
काठमाडौँ, असोज २५ गते । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दाको पेसी आज हुँदै छ