कीर्ति आजादको अभिव्यक्ति दुवै देशको अखण्डताका लागि खतरा : विमलेन्द्र निधि

भारतीय सांसद् कीर्ति आजादको अभिव्यक्तिप्रति कांग्रेस उपसभापति विमलेन्द्र निधिले कडा आपत्ति जनाएका छन् । उनले आजादलाई नेपालको दुश्मन घोषणा गरी विरोध गर्न समेत आग्रह गरेका छन् ।

आजादले शुक्रबार जनकपुर भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मिथिला क्षेत्र भारतको भएकाले फर्काउन भनेका थिए । मिथिला क्षेत्र नेपाल–अंग्रेजबीच सन्धि गरेर २ सय वर्षका लागि नेपाललाई दिइएको र त्यो समय सकिएकाले अब भारतले नै फिर्ता लिनुपर्ने आजादको तर्क थियो ।

आजादको यस्तो अभिव्यक्ति सार्वजनिक भएसँगै निधिले एक ट्वीट गर्दै यसप्रति कडा आपत्ति जनाएका हुन् ।

‘जनकपुरलाई भारतमा मिलाउनु पर्छ भन्ने कीर्ति आजाद नामको भारतीय सांसदलाई जनकपुर, २ नं प्रदेश, मधेश र नेपाल देशको दुश्मन घोषणा गरी विरोध गरौं’, निधिले ट्वीट गर्दै भनेका छन्, ‘त्यो सोच दुवै देशको अखण्डताका लागि खतरा हो ।’

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक