श्रीदेवीको मृत्यु जाँचको याचिका सर्वोच्च अदालतद्वारा खारेज

बलिउड अभिनेत्री श्रीदेवीको मृत्युमाथि जाँच मागको याचिकालाई सर्वोच्च अदालतले खारेज गरिदिएको छ । अदालतले श्रीदेवीको मृत्युको कारण पोस्टमार्टम रिपोर्टमा स्पष्ट खुलेको कारण त्यसमा पुनः जाँच नहुने बताएको हो ।

Sridevi

उक्त याचिका फिल्म निर्म‍ाता सुनिल सिंहले दायर गरेका थिए । याचिकामा श्रीदेवीको मृत्यु भएको परिस्थितिमाथि जाँच हुनुपर्ने माग गरिएको थियो । यस अघि दिल्ली उच्च अदालतले पनि त्यस याचिकालाई खारेज गरिदिएको थियो ।

फिल्म निर्माता सुनिल सिंहले श्रीदेवीको मृत्युको समयमा आफु पनि दुबईमै भएको दावी गरेका छन् । सुनिलले होटलका कर्मचारी र अन्य स्टाफहरुले आफुलाई बताएको तथ्यभन्दा मिडियालाई परिवार र अन्य मानिसहरुले बताएको घटनाक्रम एकदमै फरक रहेको बताएका छन् ।

श्रीदेवीको मृत्यु दुबईको एउटा पारिवरिक विवाह समारोहमा छोरी खुशी र श्रीमान् बोनी कपुरसँगै उपस्थित हुने क्रममा बाथ टबमा डुबेर भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं