सच्चा कम्युनिष्टहरू जहिले पनि एकताको पक्षमा हुन्छन् : प्रचण्ड

पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सच्चा कम्युनिष्टहरू जहिले पनि एकताको पक्षमा हुने बताएका छन्।

महोत्तरीको बर्दिवासमा आयोजित एक  कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘हामी शक्तिशाली कम्युनिष्ट केन्द्र मार्फत् देशमा स्थिरता, विकास, समृद्धि र समाजवादको आधार निर्माण गर्ने एउटा महान् उद्देश्यसहित अगाडि बढेका छौं।’

उनले पार्टी एकताबाट दायाँबायाँ गर्ने भन्ने हुनै नसक्ने बताउँदै आफू र प्रधानमन्त्री ओलीका कारणले एकता प्रक्रिया नलम्बिएको स्पष्ट पारे।आफूहरू छलफलमा भएको र परिपक्क एकताको पक्षमा भएको अध्यक्षको धारणा थियो।

आफूहरूले हरेक निर्णयहरू सामूहिक तरिकाले छलफल गर्ने गरेको बताउँदै उनले अगाडि भने, ‘हामीले जुनदिनदेखि पार्टी एकता गर्ने भन्यौं, त्यही दिनदेखि अर्को पक्षलाई राम्रो लागेको छैन। उनीहरूले रुन पनि नपाउने भनेर प्रचार गरे। हामीले नेपाली जनताले रुनै नपर्ने बनाउने भनेका छौं।’

अध्यक्ष प्रचण्डले चुनावसम्म वाम गठबन्धन सजिलैसँग गए पनि एमाले र माओवादी नेतृत्वलाई प्रतिक्रियावादीले एम्बुसमा पार्ने कोशिस गरेको बताए।

‘अरुले पार्टी एकतामा जेजस्तो षडयन्त्र गरे पनि निर्णायक हामी नै हौं,’ उनले भने, ‘हाम्रो काम गर्ने कार्यशैलीमा हुने कमजोरीलाई सच्चाउन जरुरी छ। यसमा सबैको सहयोग चाहिन्छ। हामी यो पार्टी एकतालाई निश्कर्षमा पुर्याउने ठाउँ तिर लैजाँदै छौं। हामीले एउटा सही विचारको आधारमा शक्तिशाली कम्युनिष्ट निर्माण गर्ने अवसर पाएका छौं। यो अवसर गुम्न नदिन हामी सबै एकजुट हौं।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक