दीपिका र रणवीरले लगाएको लुगा लिलाम गरिने

अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंहले फिल्म ‘पद्मावत’मा लगाएको लुगा लिला गरिने भएको छ ।

top-image-2-866x487

बलिउडमा सर्वाधिक विरोध भएको तथा चर्चित समेत बनेको फिल्म ‘पद्मावत’मा अभिनेत्री दीपिका पादुकोणले रानी पद्मावतीको भूमिका निर्वाह गरेकी छिन् भने रणविर सिंहले सुल्तान अल्लाउद्दिन खिल्जीको नकारात्मक भूमिका निर्वाह गरेका छन् । फिल्ममा उनीहरुले लगाएका लुगालाई फिल्मका निर्माता सञ्जय लिला भन्सालीले लिलाम गर्ने बताएका हुन ।

दीपिकाले एक कार्यक्रममा उक्त फिल्ममा प्रयोग गरिएको जौहरको दृष्यमा लगाएको लुगालाई आफूसँगै राख्न चाहेको बताएकी थिइन् । दीपिकाले फिल्मका सम्पूर्ण दृष्यहरु निकै नै विशेष रहेको र ती मध्ये पनि जौहरको दृष्य निकै नै भावुक र स्मरणीय रहेको बताइन् ।

फिल्म कलाकारले लगाएका पोशाक तथा प्रयोग गरिएको सेट निकै नै शानदार रुपमा निर्माण गरिएको थियो ।

‘पद्मावत’को चौतर्फी विवादहरुकाबीच यही जनवरी २५ मा प्रदर्शनमा आएको थियो । अहिलेसम्म यस फिल्मले ५०० करोड भन्दा बढीको कमाइ गरिसकेको छ । दीपिका र रणवीरका अलावा यस फिल्ममा अभिनेता शाहिद कपूरले राजा महारावल रतन सिंहको भूमिका निर्वाह गरेका थिए ।

यसअघि अक्षय कुमारले फिल्म ‘रुस्तम’मा लगाएको नौसेनाका प्रहरीको पोशाक लिलाम गरी अाएकाे पैसा जनावरहरुको सुरक्षाको लागि एक ट्रष्टलाई दिने बताएका थिए । त्यसै कार्यलार्इ पच्छ्याउँदै भन्सालीले पनि च्यारिटीका लागि पद्मावतमा दीपिका र रणविरले लगाएको पोशाक लिलामी गर्न लागेका हुन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको