ओली र प्रचण्ड जुट्दैछन् वान टू वान वार्तामा

नेकपा एमाले र माओवादी केन्द्रबीच हुने भनिएको पार्टी एकतामा निर्णायक निष्कर्ष निकाल्न भन्दै उक्त दलका दुई अध्यक्ष छलफलमा जुट्दैछन् ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास बिहीबार दिउँसो २ बजे एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टी एकतामा देखिएको असहमति टुंग्याउन छलफलमा जुट्न लागेका हुन् ।

दुई अध्यक्षबीच हुने उक्त वान टु वान वार्ताबाट एकता घोषणाको मितिसमेत तय गरिने नेताहरुले दाबी गरेका छन् ।

यसअघि बुधबार पार्टीको बैठकमा अध्यक्ष प्रचण्डले बिहीबार हुने ओलीसँगको छलफलले सबै सहमति हल गर्ने बताएका थिए । सोही क्रममा उनले सम्मानजनक पार्टी एकता हुनुपर्नेमा जोड समेत दिएका थिए ।

एकता प्रक्रियामा विधानमा देखिएको समस्या समाधान भएको र सांगठनिकको विषयमा सहमति हुन बाँकी रहेको नेताहरुले बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक