May 2, 2018

आउँदो मे ८ मा हुने भयो सोनम कपुर र आनन्दको बिहे !

 बलिउड अभिनेत्री सोनम कपुर र आनन्द आहूजाको विवाहको तारिख घोषणा भएको छ। भारतिय मिडियाका अनुसार उनीहरुको बिहे आउँदो मे ८ मा हुने भएको छ ।यसका लागी केही तस्बिरहरुमा अनिल कपुरको निवास सजाइएको र उनी पत्नीसहित विवाहको तयारीमा जुटेको देखिएको छ।कपुर र आहूजा दुवै परिवारले संयुक्त विज्ञप्ति जारी गर्दै भनेका छन्, कपुर र आहूजा परिवारलाई सोनम र आनन्दको विवाहको घोषणा गर्दा खुसी लागिरहेको छ। विवाह मे ८ मा मुम्बईमा हुनेछ।

sonam-kapur

विज्ञप्तिमा अगाडि भनिएको छ, विवाह निजी मामिला भएकाले हामी तपाईंहरुसँग परिवारको निजत्वको आवश्यकतालाई सम्मान गर्न आग्रह गर्छौं। आफ्नो जीवनको यो खास अवसरमा उत्सव मनाउँदै हामी तपाईंको आशीर्वाद र प्रेमको लागि सबैप्रति आभार व्यक्त गर्छौं।

३२ वर्षीया अभिनेत्री र दिल्लीका फेसन कारोबारी पछिल्लो केही वर्षदेखि प्रेममा थिए। दुवैलाई प्रायस् सँगै देखिँदै आए पनि उनीहरुले आफ्नो सम्बन्धबारे कहिल्यै आधिकारिक रुपमा बताएका थिएनन्।बलिउडमा बिहेको सिजन चलिरहदा यस अघि अनुष्काले विराट सँग बिहे गरिन् , अब दिपिका र रणविरको बिहेको कुरा बाहिर आएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको