एमाले–माओवादीलाई गगन थापाको चेतावनी : अदृश्य शक्तिले एकता भाँड्न खोजेको भन्नु लज्जास्पद

नेकपा एमाले र माओवादीबीच पार्टी एकताको प्रक्रियामा रहेका छन् । तर, ती दलका नेताहरुले पार्टी एकता हुनबाट रोक्न अदृश्य शक्ति लागेको भन्ने गरेका छन् । यसलाई कांग्रेसले आफूलाई आरोप लगाएको बुझ्ने गरेको छ ।

बुधबार बुटवलमा पत्रकारसँग कुरा गर्दै कांग्रेसका नेता गगन थापाले एमाले–माओवादीले अदृश्य शक्तिले एकता पार्टी एकता भाँड्न खोजेको भनेर प्रचार गर्नु लज्जास्पद भएको टिप्पणी गरेका छन् ।

पार्टी एकता हुन नसकेकोमा अरुलाई मुछ्ने काम नगर्न एमाले र माओवादी नेताहरुलाई चेतावनी दिएका उनले आपसमा पदको भागबण्डा मिलाउन नसकेर पार्टी एकता नभएको दाबी गरे ।

एमाले माओवादी एकताको शुभकामना दिएका थापाले सरकारका राम्रा कामहरुमा कांग्रेसले पूर्ण सहयोग गर्ने विश्वास दिलाए ।

‘हिजो चुनावमा गरेका बाचाहरु सरकारले सकारात्मक ढंगबाट अघि बढाउन चाहन्छ भने हाम्रो सहयोग रहन्छ । तर, त्यसबाट बरालिन खोज्यो भने ठीक ठाउँमा राख्ने हाम्रो ड्युटी हो’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक