April 29, 2018

यस फिल्ममा पूर्वप्रेमी सञ्जय दत्तसँग माधुरीकाे रोमान्स !

सुन्दर मुस्कान र अब्बल नृत्यले परिचित बलिउड अभिनेत्री माधुरी दीक्षितले पूर्व प्रेमीसँग जोडी बाध्ने भएकी छिन्।

madhuri-sanjayyy

करण जौहरले सबैभन्दा महंगो बजेटमा निर्माण गर्न लागेको फिल्म ‘कलंक’मा माधुरीले पूर्वप्रेमी सञ्जय दत्तसँग स्क्रिन शेयर गर्न लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

शुक्रबारबाट फिल्मको शुटिङ्ग सुरु गरेकी माधुरी करण जौहरसँग फेरि एकपटक काम गर्न पाएकोमा उत्साहित देखिएकी छिन्। उनले आफूले करण जौहरसँग मराठी फिल्म बकेट लिस्टपछि दोस्रोपटक काम गरिरहेको भन्दै अहिलेसम्मको सहकार्य उत्कृष्ट रहेको बताइन्। यद्यपी आफ्नो जोडीका रुपमा देखिन लागेका पूर्वप्रेमी सञ्जय दत्तका बारेमा भने उनले केही प्रतिक्रिया दिएकी छैनन्। माधुरी र सञ्जयको अफेयरलाई १९९० को दशकको हट अफेयर मानिन्छ। नागरिकमा खबर छ ।

कलंकमा माधुरी र सञ्जय दत्तका साथै वरुण धवन, आलिया भट्ट, सोनाक्षी सिन्हा र आदित्य राय कपूरको अभिनय देख्न पाइनेछ। अभिषेक वर्मनले निर्देशन गर्ने फिल्म १९ अप्रिल २०१९ मा रिलिज हुनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको