April 28, 2018

बैंक तथा वित्तीय संस्थाको कूल संख्या १५३ : शाखा संख्या पाँच हजार ८४८ पुग्यो –राष्ट्र बैंक

 

काठमाडौँ, १५ वैशाख : नेपाल राष्ट्र बैंकले आर्थिक गतिविधि विस्तार भएको अवस्थामा पनि कुशलतापूर्वक मुद्राको सहज आपूर्ति गर्दै आएको जनाएको छ । 

बैंकको ६३ औँ वर्षिकोत्सवका अवसरमा बैशाख १४  गते   आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर डा चिरञ्जीवी नेपालले मुद्राको चलनचल्ती बढ्दै गएको आवस्थामा आपूर्ति सहज गरेको बताए 

विदेशी मुद्रा विदेशस्थित बैंकमा लगानी गर्दा पूर्ण तरल सरकारी सुरक्षणपत्रमा पाँच वर्षसम्मका लागि लगानी गर्नसक्ने व्यवस्था वारे जानकारी दिँदै नेपालले बाणिज्य बैंकले विदेशी बैंक तथा वित्तीय संस्थाबाट आफ्नो प्राथमिक पूँजीको २५ प्रतिशतसम्म परिबर्त्य विदेशी मुद्रामा ऋण लिन सक्ने व्यवस्था गरिएको बताए  । 

भुक्तानी प्रणाली 

गभर्नर डा नेपालले भुक्तानी सेवा प्रदायकको कार्य गर्ने गरी बैंक तथा वित्तीय संस्थालाई कार्ड सेवा, इन्टरनेट बैंकिङ, एसएमएस बंैकिङ, मोबाइल बैंकिङ सेवा सञ्चालन गर्न अनुमति प्रदान गरिएको जानकारी दिए  । 

हालसम्म भुक्तानी सेवा प्रदायक÷सञ्चालकको कार्य गर्ने प्रयोजनका लागि पाँच संस्था/संयन्त्रलाई अनुमति प्रदान गरिएको जानकारी दिँदै नेपालले भुक्तानीसम्बन्धी कार्य गर्ने प्रयोजनका लागि १६ वटा संस्था/संयन्त्रलाई आशयपत्र प्रदान गरिएको बताए  । 

गभर्नर डा नेपालले ऊर्जा आपूर्तिमा भएको सुधार, पुनर्निर्माणले लिएको गति तथा सरकारको विकास र समृद्धिप्रतिको प्रतिबद्धताले लगानीमैत्री वातावरण निर्माण भएको बताए । 

वित्तीय क्षेत्र सुधार तथा पहुँच 

नेपालले मर्जर तथा प्राप्ति विनियमावली लागू भएदेखि चालु आवको चैत मसान्तसम्म ‘क’, ‘ख’, ‘ग’, र ‘घ’ वर्गका गरी १५८ वटा संस्था एकआपसमा गाभिएर ४० वटा संस्था बन्न पुगेका जानकारी दिए  । 

गभर्नर डा नेपालले ‘क’ वर्गका २८, ‘ख’ वर्गका ३६, ‘ग’ वर्गका २५ र ‘घ’ वर्गका ६४ गरी बैंक तथा वित्तीय संस्थाको कूल संख्या १५३ रहेको जानकारी दिँदै कूल शाखा संख्या पाँच हजार ८४८ पुगेको बताए  । 

संघीयता कार्यान्वयनको सिलसिलामा गठन भएका कूल ७५३ स्थानीय तहमध्ये ३९४ मा वाणिज्य बैंकको उपस्थिति रहेको उल्लेख गर्दै उहाँले बाँकी तहमा यसै आर्थिक वर्षभित्र शाखा स्थापना हुने योजना रहेको बताए  । 

बजेट घाटा एक खर्ब २५ अर्ब 

चालु आवको नौ महिनासम्ममा बैंक तथा वित्तीय संस्थालाई रु १३ अर्ब ५५ करोड पुर्नकर्जा प्रवाह भएको जानकारी दिँदै गभर्नर डा नेपालले वाणिज्य बैंकले नगद प्रवाहमा आधारित सरकारी बजेट रु एक खर्ब २५ अर्ब ५६ करोडले घाटामा रहेको बताए  । 

वैशाखको पहिलो सातासम्म नगद प्रवाहमा आधारित कूल सरकारी खर्च अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५१ दशमलव ८ प्रतिशतले वृद्धि भई रु छ खर्ब ६६ अर्ब ३१ करोड पुगेको नेपालले जानकारी दिए  । चालु आवको आठ महिनासम्ममा वार्षिक बिन्दुगत आधारमा विस्तृत मुद्राप्रदाय १४ दशमलव २ प्रतिशतले, बैंक तथा वित्तीय संस्थाको निक्षेप १३ प्रतिशतले र निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १७ दशमलव ४ प्रतिशतले बढेको छ । सो अवसरमा राष्ट्र बैंकका डेप्युटी गभर्नर चिन्तामणि सिवाकोटीलेले वित्तीय क्षेत्रको सुधार एवं कर्मचारी व्यवस्थापन चुनौतीपूर्ण रहेको भन्दै सुधारका लागि प्रयास गरिरहेको बताए  । 

जिम्मेवारी पूरा नगर्ने र बैंक तथा वित्तीय संस्थामा भएको अनियमितताका फाइल लुकाउने कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिँदै नेपालले भूकम्पबाट प्रभावित भवनको पुनर्निमाणका लागि ग्लोबल टेन्डर आह्वान गरिएको बताए । कार्यक्रममा पूर्वगभर्नर डा गणेशबहादुर थापालगायत सिक्का नमुनाकार सुन्दर श्रेष्ठलाई सम्मान गरिएको थियो । 

(रासस)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि